ईपीएलमा एनसेल ‘कनेक्टेड बाई’ पार्टनर
काठमाडौं । शनिबारदेखि सुरु भएको देशकै सबैभन्दा ठूलो खेलकुद कार्यक्रम ‘बजाज एभरेस्ट प्रिमियर लिग (ईपीएल)’मा एनसेल ‘कनेक्टेड बाई’ पार्टनरको रुपमा नियुक्त भएको छ । यसले देशमा क्रिकेटको विकासका लागि योगदान गर्ने विश्वास एनसेलले लिएको छ ।
आफ्नो सबैभन्दा ठूलो फोरजी सञ्जालका साथ एनसेलले ईपीएलमार्फत मानिसहरूमाझ आउटडोर खेलप्रतिको लगावलाई पुनस्र्थापित गर्न मद्दत गर्ने विश्वास लिएको छ । हालको अप्ठ्यारो समयले गर्दा धेरै मानिसहरू विभिन्न सामाजिक गतिविधिबाट अलग्गिएका छन् । यस्तो समयमा एनसेल आफ्ना ग्राहकहरुसँग डिजिटल माध्यमबाट जोडिरहन चाहन्छ । ईपीएलले लामो समयदेखि घरमै रहेका मानिसहरूका लागि ठूलो राहत ल्याएको छ ।
क्रिकेट पारखीले ईपीएल अब एनसेल फोरजीका साथ अनलाइनको माध्यमबाट प्रत्यक्ष हेर्न सक्नेछन् । क्रिकेट प्रतिभाहरूका लागि महत्वपूर्ण मञ्च सिर्जना गर्दै उनीहरूलाई अन्तर्राष्ट्रिय प्रतिभाहरूसँग जोड्ने उद्देश्य ईपीएलको छ । सन् २०१६ देखि सुरु भएको यो यात्रा अहिले विश्वको ठूलो क्रिकेट लिगमध्ये एक भएको छ । यो खेल विश्वका १५५ देशमा प्रसारण हुने तयारी छ र ४५ करोड जनसंख्या यो कार्यक्रमको पहुँचमा हुनेछ । ईपीएलअन्तर्गत सन् २०१७ र २०१८ मा अन्तर्राष्ट्रिय खेलाडीहरू पहिलो पटक नेपालमा क्रिकेट खेल्न आएका थिए र यो निकै सफल भएको थियो ।
ग्राहकसँग जोडिने र उनीहरूका अनुभव आदानप्रदान गर्न ईपीएल—एनसेल सहकार्यले सकारात्मक भूमिका खेल्ने विश्वास एनसेलको छ । छोटो समयमै गति लिन सफल ईपीएलले विश्वव्यापी रूपमा ध्यान खिच्न सफल भएको छ र नेपालका लागि यो सच्चा राजदूतको रूपमा स्थापित भएको छ । पाकिस्तानी क्रिकेट ‘लिजेन्ड’ शाहिद अफ्रिदी यो वर्ष ईपीएल खेल्न नेपाल आएका छन् । यो घरेलु लिगले शुभचिन्तक, मिडिया, क्रिकेट एसोसिएसनबाट मात्र नभएर कर्पोरेट क्षेत्रबाट पनि राम्रो साथ पाउँदै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
- १९ सय ९८ बिन्दुमा खुम्चियो सेयर बजार
- आइजिपी कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुखबीच शिष्टाचार भेटघाट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया