महालक्ष्मी विकास बैंक र राष्ट्र बैंकबीच समझदारी
काठमाडौं, माघ १४
महालक्ष्मी विकास बैंकले नेपाल राष्ट्र बैंकसँग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरूका लागि गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकसँग सोमबार आरटीजीएस प्रणालीसँग सम्बन्धित समझदारी पत्रमा हस्ताक्षर गरेको हो । सम्झौतापश्चात् ग्राहकहरूले रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) बाट कारोबार गर्दा वास्तविक समयमा नै कारोबारहरू फर्छ्यौट हुनेहुँदा बैंकको भुक्तानी प्रणालीमा थप सहजता आउने बैंकले जनाएको छ ।
सम्झौतापत्रमा नेपाल राष्ट्र बैंकका तर्फबाट भुक्तानी प्रणली विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल र महालक्ष्मीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरेका छन् । बैंकले हाल देशभर एक सय दुुईवटा शाखामार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । बैंकले आधुनिक प्रविधिमा आधारित भई अनलाइन बैंकिङ, एटीएम, क्यूआर पेमेन्ट, मोबाइल बैकिङलगायतका सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया