गुराँस लघुवित्तद्वारा १६ प्रतिशत लाभांश घोषणा
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजी आठ करोड ३४ लाख रुपैयाँमध्येबाट १६ दशमलव ९० प्रतिशतको अनुपातमा एक करोड ४१ लाख रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
यसैगरी संस्थाले कर प्रयोजनको लागि शून्य दशमलव ८८ प्रतिशत अर्थात् सात लाख ४२ हजार एक सय पाँच रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको यही असोज १० गते आइतबार बसेको एक सय दुईऔँ बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । संस्थाले आर्थिक वर्ष २०७७–०७८ मा दुई करोड २० लाख ६४ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ३५ लाख ८९ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी आठ करोड ३४ लाख रुपैयाँ रहेको संस्थाले आव २०७७–०७८ मा २० करोड ५७ लाख ३६ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब दुई करोड ७४ लाख ३४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड पाँच लाख २४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ६९ लाख ९० हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ७७ प्रतिशत रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने संस्थाले १४ करोड ११ लाख ४६ हजार रुपैयाँ निक्षेप संकलन गरी ७३ करोड ६९ लाख ५७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड ७४ लाख ३२ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन ३९ लाख २६ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ९४ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ओमोडा बन्यो युरोपमा उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी
- भारतको चर्चित फच्र्युन होटेल्स अब नेपालमा
- नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनीबीच सम्झौता
- ‘चेम्बर श्रमिकको हकहितको पक्षमा छ’
- टेलिकमको आईसीटी डे अफर
- ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेस्टमेन्ट फन्डको लगानी
- नबिल बैंक र सिप्रदीबीच सहकार्य
- एभरेस्ट बैंकको एक्स्टेन्सन काउन्टर कपिलवस्तुको पकडीमा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया