घुस रकम फिर्ता गर्नेविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं, माघ १५
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको रकम फिर्ता गर्ने दुई सरकारी अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आठ लाख रुपैयाँ घुस रकम फिर्ता गर्ने गुठी संस्थान त्रिपुरेश्वर काठमाडौंका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीविरुद्ध मंगलबार भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजाय माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
उनीहरुले काठमाडौं महानगरपालिका–१ को जग्गासम्बन्धी गुठी संस्थानमा चलिरहेको मुद्दाको सम्बन्धमा गुठीको जग्गा गुठीमै कायम गर्नका लागि आठ लाख रुपैयाँ घुस लिएका थिए । घुस दिनले अख्तियारलाई खबर गरेको आशंका गरी उनीहरुले घुस दिनेकै बैंक खातामा रकम फिर्ता गरेका थिए । घुस लिएको र रकम फिर्ता गरेको प्रमाण लिएर गएको अख्तियारको टोलीले केही दिनअगाडि उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
घुस लिएको रकम फिर्ता गर्ने चौधरी र रेग्मीलाई अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को खण्ड ‘ङ’बमोजिम जरिवाना र कैद सजाय माग गरेको छ । साथै चौधरी नेपाल सरकारका राजपत्रांकित विशिष्ट श्रेणीसरहका सार्वजनिक संस्थानका प्रमुख रहेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजायसमेत हुन मागदाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
यस्तै, शहीद स्मारक माध्यमिक विद्यालय कम्दी–७ पदमपुर बाँकेमा प्राथमिक तहमा स्थायी रुपमा कार्यरत प्रावि द्वितीय श्रेणीका शिक्षक उदयराज यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियारले मंगलबार नै विशेष अदालत काठमाडौंमा आरोपपत्र दर्ता गरेको छ । शिक्षक यादवले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश बोर्ड अफ हाईस्कुल एण्ड इन्टरमिडिएट एजुकेसन यू.पी. भारतबाट हाईस्कुल उत्तीर्ण गरेको झूठो शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी २०४१ साल कात्तिक २६ गतेदेखि शिक्षक जागिर खाएको अख्तियारको दाबी छ ।
अख्तियारले आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनमा कार्यरत कम्प्युटर अधिकृत रामकुमार अधिकारीलाई दश हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले मंगलबार जारी गरेको विज्ञप्तिमा अधिकारीले विद्युतीय बीजक जारी गर्ने अनुमतिपत्र बनाइदिने भनी सेवाग्राहीसँग घुस लिएको जनाइएको छ । अधिकारीलाई अख्तियारको हेटौंडाको टोलीले पक्राउ गरेको हो । उनीमाथिको अनुसन्धान जारी रहेको अख्तियारको विज्ञप्तिमा जनाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया