बीओके क्यापिटलको छैटौँ वार्षिक साधारणसभा
काठमाडौं । बीओके क्यापिटल मार्केट लिमिटेडको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको बुुधबार सञ्चालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाले आर्थिक वर्ष २०७७–०७८ को वित्तीय विवरणहरू पारित गर्नुका साथै आव २०७७–०७८ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजी २१ करोडको १८ प्रतिशतका दरले हुने रकम तीन करोड ७८ लाख नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै, सभाले विशेष प्रस्तावअन्तर्गत यस क्यापिटल मार्केटको रजिष्ट्रर्ड कार्यालय काठमाडौैँ महानगरपालिका, वडा नं. १, नक्सालमा रहने प्रस्ताव पारित गरेको हो ।
सभामा अध्यक्ष मिश्रले क्यापिटलको उद्देश्य प्राप्तिका लागि सहयोग पु¥याउने सेयरधनीहरू, ग्राहक तथा नेपाल सरकारको सम्बन्धित निकायलगायत नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सीडीयस एन्ड क्लियरिङ लिमिटेडप्रति सञ्चालक समितिको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरे ।
बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बीओके क्यापिटल मार्केट लिमिटेडले ग्राहकहरूलाई उत्कृष्ट सेवाहरू दिँदै आइरहेको छ र भविष्यमा प्रविधिहरूको उच्चतम प्रयोग गरी ग्राहकमैत्री सेवाहरू प्रदान गर्दै जाने विश्वास यस क्यापिटल मार्केटले लिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया