हार्ले डेभिडसन बाइकको सेयर मूल्य घट्यो
युरोप, माघ १५
चर्चित मोटरसाइकल निर्माता हार्ले डेभिडसनको राजस्व अमेरिकामा ह्वात्तै घटेको छ । मंगलबार कम्पनीले जनाएअनुसार अमेरिकी खुद्रा बजारमा बिक्रीमा कमी आएसँगै सेयरबजारमा कम्पनीको सेयर समेत ह्वात्तै घटेको छ । कम्पनीका अनुसार मोटरसाइकल, पार्टपुर्जा र अन्य सामग्रीको बिक्री घटेको छ । विश्लेषकहरुले ती वस्तुको बिक्री अझै घट्ने अनुमान गरेका छन् । प्रिमार्केट व्यापारमा कम्पनीको सेयर ६.६ प्रतिशतले घटेर प्रतिकित्ता ३२.५५ डलरमा पुगेको छ । अमेरिका कम्पनीको मुख्य बजार हो । कुल बिक्रीको आधा हिस्सा अमेरिकाले नै ओगट्छ ।
पछिल्लो समय कम्पनीका बाइकको मागमा समेत कमी आएको बताइएको छ । सन् २०१९ मा कम्पनीले २ लाख १३ हजार ९ सय ३९ वटा बाइक डिलरलाई आपूर्ति गरेको थियो । विगत ५ वर्षयता कम्पनीको सेयर मूल्य ४४ प्रतिशतले घटेको छ । यद्यपि एसएण्डपी ५०० मा भने ६३ प्रतिशतले बढेको छ । कम्पनीले गत वर्ष साढे ४ अर्ब अमेरिकी डलर आम्दानी गरेको थियो । सन् २०२० मा कम्पनीले ४ अर्ब ६६ करोड आम्दानी गर्ने बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया