राजनीतिक संरक्षणले नक्कली अन्तःशुल्क स्टिकरको धन्दा बढ्दो
काठमाडौँ । विगत लामो समयदेखि आन्तरिक राजस्व विभागले अन्तःशुल्क स्टिकर छाप्न नसकेको अवस्थामा मदिरामा टाँस्ने अन्तःशुल्क स्टिकरको नक्कली धन्दा बढ्दै गएको छ । हरेक पटक नक्कली स्टिकरको धन्दा चल्ने र समातिने फेरि मिलेमतोमा छुट्ने पुरानो प्रचलन यसपटक पनि भएको छ ।
हरेक पटक नक्कली अन्तःशुल्क स्टिकरको धन्दामा जोडिने क्रिष्टल डिस्टिलरीका मालिक फुलसिंह क्षेत्रीलाई उच्च राजनीतिक संरक्षणमा यसपटक पनि उम्काइएको छ । नक्कली स्टिकर प्रकरणमा जेल पर्ने डरले राजनीतिक संरक्षण खोजेका क्षेत्रीलाई उम्काउन भन्दै आन्त्रिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेललाई राजनीतिक निर्देशन दिइएको हो ।
स्रोतका अनुसार क्षेत्रीको क्रिष्टल डिष्टिलरीमा नक्कली अन्तःशुल्क स्टिकर सप्लाई गर्ने बाबुराजा कसोधन र एजेन्ट कुलप्रसाद पण्डित ‘भीम’ समेत पक्राउ गरी बयान समेत लिइसक्दा राजनीतिक दबाबमा क्षेत्रीलाई पक्राउ नगरिएको हो ।यस्तै नक्कली अन्तःशुल्क स्टिकरको धन्दा गरेको आरोपमा धनगढीमा हरकेश सिंह, संक्राम सिंह साउद, विजय कलवार र राज कुमार साह पक्राउ परेका छन् । नक्कली अन्तःशुल्क स्टिकर बनाई ओसारपसार तथा भण्डारण समेत गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई आन्तरिक राजस्व कार्यालय धनगढीले तोकेको जरिवानाभन्दा कम जरिवाना ठहर गर्दै राजस्व न्यायाधिकरणले सजिलै उन्मुक्ति दिनेछ ।
धनगढीमा समातिएकाहरुलाई आन्तरिक राजस्व कार्यालय धनगढीले जनही सात करोडभन्दा बढी जमानत लिई तारेखमा राखी मुद्दामा पुर्पक्ष गर्नु भन्ने गत भदौ १८ गतेको प्रमुख कर अधिकृतको थुनछेक आदेशविरुद्ध राजस्व न्यायाधिकरणले दुई जना विजय कुमार कलवान र राज कुमार शाहलाई पच्चीस पच्चीस हजार, अर्का संक्राम सिंह साउदलाई एक करोड र हरकेश सिंहलाई एक करोड ५० लाख मात्र नगद वा जेथा वा बैंक ग्यारेन्टी दिए लिई तारेखमा राखी मुद्दा पुर्पक्ष गर्नु भन्ने आदेश दिएको छ ।
राजस्व न्यायाधिकरणका अध्यक्ष केशवराज जोशीले आन्तरिक राजस्व कार्यालयले भनेको भन्दा झण्डै २६ करोड कम धरौटी हुने भनी आन्तरिक राजस्व कार्यालय धनगढीलाई सोही अनुसार गर्न भन्दै पत्र पठाएका हुन् ।आन्तरिक राजस्व कार्यालयले तोकेभन्दा निकै कम धरौटीमा अभियुक्तहरु छुटेपछि राजस्व न्यायाधिकरणका अध्यक्ष जोशीको समेत यसमा मिलेमतो हुनसक्ने स्रोतको दाबी छ । स्रोतका अनुसार नक्कली अन्तःशुल्क स्टिकरको धन्दा गर्ने मदिरा उद्योगको सेटिङ माथिदेखि सरकारी निकायको तलैसम्म भएकोले पक्राउ परे पनि सामान्य तरिकाले छुट्ने गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया