रियलमीले नेपाली बजारमा ‘जीटी नियो २’ ल्याउने
काठमाडौँ । तीव्रगतिमा आफ्नो बजार विस्तार गरिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले फ्लागसिप किलर जीटी सिरिजअन्तर्गत रियलमी जीटी नियो २ नेपाली बजारमा ल्याउने भएको छ । कम्पनीका अनुसार यही कात्तिक २४ गते उक्त स्मार्टफोन नेपालमा सार्वजनिक गरिनेछ । यो फोन आकर्षक सुरुवाती मूल्यमा उपलब्ध हुने कम्पनीको भनाइ छ ।
जीटी सिरिज रियलमीको फ्लागसिप सिरिजअन्तर्गत पर्दछ, जसमा प्रविधिप्रेमीहरुको लागि नवीन प्रविधि र आकर्षक डिजाइन विशेषताका रुपमा रहेका छन् । अधिकांश स्मार्टफोनहरुले जीटी सिरिजको फ्लागसिपको व्यापक अनुभव गराउन सक्दैनन्, रियलमीले यस किसिमका प्रयोगकर्ताहरुको माग पूरा गर्ने लक्ष्य राखेर रियलमी जीटी नियो सिरिज लिएर आउँदै छन् ।
चीनको बजारमा सफल भइसकेको रियलमी जिटी नियो १० लाखभन्दा धेरै बिक्री भइसकेको छ । नियो फ्लागसिप किलर जसरी प्रस्तुत गरिएको रियलमी जीटी सिरिजको रियलमी जीटी नियो २ मा क्वालकम स्नापड्रागन टीएम आठ सिरिज मोबाइल प्लाटफर्म, अभूतपूर्व कुलिङ्ग सिस्टम, अल्ट्रा– हाइ नमुना दर र शक्तिशाली ब्याट्री लाइफ रहेको छ, जसको घोषणा सामाजिक सञ्जालमार्फत रियलमीको सीएमओ र चेसले गरेको थियो ।
कम्पनीका अनुसार डिजाइन सधैँ रियलमी जीटी सिरिजको महत्वपूर्ण पक्ष रहेको छ, यसपटक रियलमी जीटी नियो २ उच्च प्रविधि र जीवन्तताको अवधारणा प्रस्तुत गर्नको लागि आकर्षक रंग नियो ग्रीनमा उपलब्ध हुनेछ । मूल्य घटाउनको लागि जीटी नियो २ ले गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने पनि कम्पनीको दाबी छ । कम्पनीले सुपथ मूल्यमा समग्र रुपमा सुझबुझका साथ फरक दृष्टिकोण लिएर फ्लागसिपको आकर्षक अनुभव प्रदान गराउँदै उत्कृष्ट प्रदर्शन गर्ने स्मार्टफोन उपलब्ध गराउँदै छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- काठमाडौँ बन्यो विश्वकै पहिलो प्रदूषित सहर
- बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
- सोलुखुम्बुमा डढेलोले दश घर जल्नुका साथै दर्जनौँ पशुचौपाया हताहत
- पाेखराको बिजुली पसलमा आगलागी, सवा करोडको क्षति
- सूचना प्रविधिको विकासमा क्रियाशील व्यक्ति तथा संस्था पुरस्कृत
- प्रमुख आयुक्तद्वारा राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश
- जापानमा ९० लाख घर खाली
- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा गिरावट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया