महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङको स्तरोन्नति
काठमाडौं । महालक्ष्मी विकास बैंकले हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ सेवालाई प्रतिस्थापन गर्दै ओम्नी च्यानलमा आधारित अत्याधुनिक बैंक एक्सपी सिस्टममा स्तरोन्नति गर्दै यही कात्तिक १५ गते उक्त सेवाको शुभारम्भ गरेको जानकारी दिएको छ ।
बैंकले प्रदान गर्दै आएको मोबाइल बैंकिङ सेवालाई थप प्रविधिमैत्री एवं समयसापेक्ष बनाउने उद्देश्यका साथ हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ सेवालाई प्रतिस्थापन गरिएको बैंकले जानकारी दिएको छ । यसबाट ग्राहहरूलाई डिजिटल कारोवार गर्दा सहज हुनुका साथै छिटो, छरितो, चुस्ततथा दुरुस्त हुने विश्वास यस बैंकले लिएको छ ।
यो सेवाको सुरुवातसँगै अब ग्राहकहरूले यस बैंकको मोबाइल बैंकिङ सुविधा मोबाइलका साथै वेब ब्राउजरका माध्यमबाट समेत लिन सक्नेछन् । यसका साथै यस सेवामा अनेकन अत्याधुनिक विशेषताहरू छन । यो सेवाअन्तर्गत् बैंकमा खाता नै नभएकाहरूले समेत बैंकिङ कारोबार गर्न सक्नेछन् । यो सेवामा रहेको इ–क्यास सुविधाअन्तर्गत यस बैंकमा खाता नभएका ग्राहकलाई मोबाइल नं को आधारमा रकम पठाउन सकिने प्रबन्ध मिलाइएको छ ।
यसका साथै इ–भौचर सुविधाले बैंकमा आएर भौचर भर्नुपर्ने अवस्थाको समेत अन्त्य गर्नेछ । घरमा नै बसीबसी सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने उद्देश्ले सञ्चालनमा ल्याइएको यस सेवाअन्तर्गत ग्राहकहरूले मुद्दती खाता खोल्ने, खाताको विवरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने, क्यूआर कोडमार्फत भुक्तानी गर्नेलगायतका विभिन्न उपयोगी सेवाहरू प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया