कुमारी बैंकद्वारा पञ्चमुनिदेव माध्यमिक विद्यालयलाई सहयोग
काठमाडौं, माघ १६
कुमारी बैंक लिमिटेडले विद्यालयलाई सहयोग गरेको छ । बैंकको दुलेगौँडा शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पञ्चमुनिदेव माध्यमिक विद्यालयलाई सो विद्यालयको स्वर्ण जयन्तीको अवसरमा २ थान मेडिकल बेड र १ थान स्ट्रेचर सहयोग गरेको हो । स्वर्ण जयन्ती समारोहमा बैंकका गण्डकी प्रदेश प्रमुख नविनराज पौडेलले विद्यालयका प्रधानाध्यापकलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए ।
प्रमुख अतिथि पूर्वराष्ट्रपति रामवरण यादद्वारा उक्त अवसरमा कुमारी बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको कदर गर्दै सम्मानस्वरूप कदरपत्र प्र्रदान गरेका थिए । विद्यालयले एक स्टाफ नर्स राखी प्राथमिक उपचार कक्ष सञ्चालन गर्दै आएको यस विद्यालयमा मेडिकल सामग्री आवश्यकतालाई मध्यनजर गर्दै बैंकले उक्त सहयोग गरेको हो ।
बैंकले हाल एक सय २० शाखा सञ्जाल, एक सय १७ एटीएम, छवटा एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ इकाइहरूमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक सेवाहरू दिँदै आएको बैंकले आगामी दिनमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा यस्तै सेवामूलक तथा प्रभावकारी सेवा पु-याउँदै जाने प्रतिबद्धता जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी
- सुन्तला बेचेर रु २१ करोड भित्रियो
- काठमाडौँ बन्यो विश्वकै पहिलो प्रदूषित सहर
- बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
- सोलुखुम्बुमा डढेलोले दश घर जल्नुका साथै दर्जनौँ पशुचौपाया हताहत
- पाेखराको बिजुली पसलमा आगलागी, सवा करोडको क्षति
- सूचना प्रविधिको विकासमा क्रियाशील व्यक्ति तथा संस्था पुरस्कृत
- प्रमुख आयुक्तद्वारा राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया