आँधीखोला लघुवित्तको पहिलो त्रैमासिक नाफा ९३ लाख ४४ हजार
काठमाडौं । आँधीखोला लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ९३ लाख ४४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ६६ लाख छ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ३९ करोड ४८ लाख २० हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब १० करोड ७१ लाख ४२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक करोड ८१ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम २६ लाख ८६ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ७८ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ३० करोड ५३ लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरी ७९ करोड ८४ लाख ५८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड ५३ लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ८७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया