दोलखा । नेपालकै प्रसिद्ध धार्मिक स्थलको रूपमा रहेको दोलखाको भीमेश्वर मन्दिरमा बुधबार राति मूर्ति चोरी भएको छ । मन्दिरअगाडि प्रवेशद्वारमा दायाँबायाँ खोपा बनाएर राखिएको पुराना दुईवटा सरस्वतीको मूर्ति चोरी भएको हो ।
गएराति करिब ११ः३० बजेको समयमा मुख तथा शरीरमा सेतो फेटा बाँधेर एक नकाबधारी व्यक्तिले सरस्वतीको मूर्ति चोरी गरेको दृश्य मन्दिर छेउमा जडान गरिएको सीसीटीभीमा कैद भएको पाइएको प्रहरीले जनाएको छ । सीसीटीभीमा मूर्ति चोरले फलामको गल प्रयोग गरेर खोपाबाट मूर्ति झिकेर लगेको भिडिओ तथा तस्बिरमा देखिएपछि प्रहरीले थप अनुसन्धान थालेको छ ।
भीमेश्वर मन्दिर गुठी व्यवस्थापन समितिका अनुसार २०५२ सालमा मन्दिरको गेट बाहिरपट्टि दायाँबायाँ दुईतिर धर्मावलम्बीको स्वागतको लागि सरस्वतीको मूर्ति राखिएको थियो । उक्त मूर्ति चोरी भएको हो । भीमेश्वर मन्दिर देशकै प्रसिद्ध मन्दिर भएकाले दैनिक भक्तजनको भीड लाग्ने गर्छ । कोरोना महामारीको समयमा समेत गेट बाहिरबाटै दर्शन गर्न दैनिक दर्जनौं भक्तजन मन्दिर पुग्ने गरेका थिए ।
भीमेश्वर मन्दिरको छुट्टै महत्त्व रहेकाले बेलाबेला चर्चामा समेत आउने गरेको छ । मन्दिरभित्र रहेको सिलामा पसिना आउने गरेकाले पनि भीमेश्वर मन्दिर देशकै प्रसिद्ध र चर्चित धार्मिक स्थलको रूपमा लिने गरिएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया