सिद्धार्थ बैंकको सहयोगमा एक सयवटा सेतो छडी वितरण
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले काठमाडौंस्थित अपाङता संरक्षण नेपाललाई सामाजिक उत्तरदायित्वअन्तर्गत एक सयवटा सेतो छडीको लागि ९० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले अपाङ्गता संरक्षण नेपालका अध्यक्ष विरोध खतिवडालाई हस्तान्तरण गरेका हुन् ।
बैंकबाट प्राप्त उक्त सहयोगबाट अपाङ्गता संरक्षण नेपालले आउँदो मंसिर १७ गते अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा दृष्टिविहीन व्यक्तिहरूलाई सेतो छडी प्रदान गर्न प्रयोग गर्नेछ । अपाङता भएका व्यक्तिहरूको हक, अधिकार तथा जीवनस्तर सुधारको लागि काम गर्दै आइरहेको उक्त संस्थालाई पु-याएको सो रकम सहयोगबाट दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूलाई गतिशीलता तथा स्वतन्त्रताका साथ आफ्ना दैनिकी दिनचर्या पूरा गर्न मदत पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाहसम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरूमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया