दोलखा । कोरोना संक्रमण दर घटेसँगै पछिल्ला दिनमा जिल्लामा चहलपहल बढेको छ । पहिलो र दोस्रो लहरको कोरोना भाइरसले त्रसित बनेका यहाँका नागरिकहरू कोरोनाको खोप लगाएर सबै आफ्नो काममा फर्किन थालेका छन् ।
खोपले मानिसको आत्मबल समेत बढाउने गरेकोले नागरिकहरूमा खोप लगाउने उत्साह पनि देखिएको चरीकोट अस्पतालका डाक्टर देवेन्द्र गौतम बताउँछन् । कोरोनाका बिरामीले भरिभराउ हुने चरीकोट अस्पतालमा अहिले एक जना पनि बिरामी छैनन् । भीमेश्वर नगरपालिकाका रामकुमार भुजेल लामो समयपछि खोप लगाउन पाएकाले आफूलाई थप सुरक्षित महसुस भएको बताउँछन् । ‘समयमै खोप लगाउन पाइयो, अब पहिलेको जस्तो कठिन अवस्था छैन’, उनले भने, ‘कोरोना सामान्य देखिए पनि मास्क सेनिटाइजरको प्रयोग गर्न छाड्नु हुँदैन ।’ जिल्लाका ९ वटै स्थानीय तहहरूमा अहिले १८ वर्षभन्दा माथिकालाई कोरोनाविरुद्धको खोप लगाउने अभियान तीव्ररुपमा सञ्चालन गरिरहेका छन् ।
दोलखामा हालसम्म कुल जनसंख्याको करिब ६५ प्रतिशत मानिसले कोरोनाविरुद्धको खोप लगाइसकेको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले बताए । उनका अनुसार पछिल्लो समय जिल्लामा संक्रमण दर अत्याधिक न्यून रहेको छ । लामो समय कोरोनाले प्रभावित बनेका जिल्लाका विद्यालय सुचारु भएका छन् भने, पर्यटन सम्भावना बोकेका कालिन्चोक, जिरी, शैलुङलगायतका ठाउँमा चहलपहल बढेको छ । जिल्लाभित्र सभा समारोह, खेल तथा मनोरञ्जनका क्रियाकलाप समेत आयोजना हुन थालेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया