अमेरिका, माघ १७
अमेरिकी विमान निर्माता कम्पनी बोइङ २० वर्षयता पहिलोपटक घाटामा गएको छ । गत वर्ष दुई विमान एकै प्रकृृतिका दुर्घटनामा परेपछि ७३७ म्याक्स सिरिजका सबै विमान विश्वभर एकैसाथ ग्राउन्डेड गर्नुपरेको कारण कम्पनीले दुई दशकयता पहिलोपटक घाटा व्यहोरेको हो । इन्डोनेसिया र इथियोपियामा भएको म्याक्स विमान दुर्घटनामा ३ सय ४६ जनाले ज्यान गुमाएका थिए ।
सोही कारण ग्राउन्डेड विमानको लागि मात्रै १८ अर्ब अमेरिकी डलर खर्च हुने कम्पनीले अनुमान गरेको छ । यसले कम्पनीलाई वित्तीय घाटा पुगेको छ । कम्पनीका अनुसार सन् २०१९ मा ६३ करोड ६० लाख अमेरिकी डलर घाटा भएको छ । गत वर्षका अन्तिम तीन महिना बिक्रीका हिसाबले खराब भएको पनि कम्पनीले जनाएको छ ।
उक्त अवधिमा कम्पनीले १७ अर्ब ९० करोड डलरको विमान माग पाएको थियो । विश्लेषकहरुले भने उक्त अवधिमा कम्पनीले २१ अर्ब ७० करोड डलरको विमान माग आउने अनुमान गरेका थिए । बोइङमा हाल नेतृत्व समेत फेरिएको छ । डेभिड कलहन बोइङको प्रमुखमा आएका छन् । उनी डेनिस मुलेनबर्गको स्थानमा आएका हुन् । कम्पनीले ग्राउन्डेड विमानलाई पुनः सेवामा फर्काउन दौडधूप गरिरहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया