लाओसमा खाद्य सुरक्षामा युरोपेली युनियनको सहयोग
भिएन्टिन, माघ १७
युरोपेली युनियनसँग लाओसको खाद्य सुरक्षा कार्यक्रममा सघाउनेसम्बन्धी एक सम्झौतामा बुधबार हस्ताक्षर भएको लाओसको कृषि तथा वन मन्त्रालयले जनाएको छ । उक्त सम्झौताबमोजिम तोकिएका वस्तु र प्रान्तका उच्च महत्वका कृषिजन्य सामग्रीको पहिचान गरिने उल्लेख छ । किसानले उत्पादन गरेका सामग्रीको बजार पहुँच स्थापना गर्न पनि यस परियोजनाले सघाउनेछ । किसान र निर्यातकर्ताहरुबीचको सम्बन्ध विकास गर्न यस आयोजनाले मद्दत गर्नेछ ।
परियोजनाले बोटबिरुवाको स्वास्थ्य र बिषादीको प्रयोगलाई नियन्त्रण गर्न नियामक संरचना निर्माणमा कानुनी र प्राविधिक पक्षमा सघाउने छ । वनस्पति र खाद्य उत्पादनमा विषादीको प्रयोगका सन्दर्भमा उचित मापदण्ड अपनाएको अवस्थामा मात्र त्यस्ता वस्तुलाई युरोपेली बजारमा पहुँच हुने भएकाले पनि यो सम्झौताको कार्यान्वयन लाओसको अर्थतन्त्र सुधारका लागि महत्वपूर्ण मानिएको छ ।
यस सम्झौतालगत्तै विभिन्न चरणमा कार्यक्रमहरु आयोजना गरिने मन्त्रालयले स्पष्ट गरेको छ । उत्तरी लाओसको लुआङ नाम्थाका किसानका लागि खर्बुजा खेतीमा प्राविधिक सहयोग उपलब्ध हुनेछ । मध्यलाओसको भिएनटिन क्षेत्रका किसानलाई धान उत्पादनमा मद्दत गरिनेछ भने लाओसका कृषिसँग सम्बन्धित विभिन्न नियामक निकायहरुको प्राविधिक क्षमता विकासमा सहयोग सुरु हुनेछ । (रासस/सिन्ह्वा)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया