ओप्पोद्वारा फ्युचरिस्टिक फोनका लागि प्याटेन्ट दर्ता
काठमाडौं । ओप्पोले डुअल साइड्स र -यापएराउण्ड डिस्प्लेसहितको फ्युचरिस्टिक फोनका लागि प्याटेन्ट दर्ता गराएको छ । वर्ल्ड इन्टेलेक्चुअल प्रपर्टी अफिस (डब्ल्यूआईपीओ)मा दर्ता गरिएको प्याटेन्टमा ओप्पोले दुई साइड भएका उपकरण एसेम्बल र डिसएसेम्बल गर्ने तरिकाको वर्णन गरेको छ । प्याटेन्टभित्र यस उपकरणका लागि ओप्पोले बनाएका सोचको रेखाचित्र र योजना सम्मिलित छन् । तथापि यसमा उपकरणको सम्भावित लुक्सका बारेमा कुनै जानकारी भने दिइएको छैन ।
अवधारणाका निर्माता र लेट्सगोडिजिटलसँगको सहकार्यमार्फत यस ओप्पो उपकरणको सम्भावित रुपरेखा रेन्डर गरिएको छ । यसलाई हेर्दा ओप्पोले अत्यन्त रोचक उपकरण प्रस्तुत गर्ने तयारी गरिरहेको देखिन्छ । रेन्डर्सलाई आधार मान्दा ओप्पोको यस उपकरणमा सार्प कर्नर्सका साथमा पातला बेजल रहेको छ । यसमा कम्पनीले कभ्र्ड डिस्प्लेको प्रयोग गरेको देखिँदैन । तस्बिरलाई आधार मान्दा स्क्रिनका कुनाहरुमा पनि सार्प कर्नर्सको प्रयोग भएको छ । प्याटेन्टका अनुसार यस डिजाइनमा डिस्प्ले र फ्रेमका विच अल्ट्रा–थिन स्टिल प्लेटको प्रयोग भएको छ । यसले गर्दा ओप्पोले यसमा पातलो स्क्रिनको सहज प्रयोग गर्न सक्षम भएको देखिन्छ ।
यस उपकरणको पछिल्लो भागमा एलईडी फ्ल्यासका साथमा चारवटा क्यामेरा छन् । यसमा रहेको डिस्प्ले फोनको पछिल्लो भागसम्म पुगेका कारण यी क्यामेराको प्रयोग सेल्फी शुटर्सका रुपमा पनि गर्न सकिनेछ । यसले गर्दा उपकरणमा छुट्टै फ्रण्ट क्यामेरा जडान गरिएका छैनन् । यसमा रहेको डिस्प्लेले अघिल्लो भागमा केहीका लागि पनि स्थान छाडेको देखिँदैन । डिस्प्लेको -यापएराउण्ड बायाँपट्टि रहेकाले उपकरणको दायाँपट्टि भोल्यूम रकर र पावर बटन समाहित गरिएका छन् ।
ओप्पोको नयाँ प्याटेन्टले स्मार्टफोन उद्योगमा नयाँ उचाइ हात पार्न कम्पनीका आकर्षक योजनाको झल्को दिएको छ । तथापि, हालका लागि यो मात्र एक प्याटेन्टका रुपमा रहेको छ । योजनाले वास्तविकताको रुप लिन्छ भन्ने कुराको यसले कुनै ग्यारेन्टी भने लिँदैन र लिइहालेमा पनि यसका लागि लामै समय लाग्ने देखिन्छ । तथापि ओप्पोको सोच भने निकै नयाँ र पृथक् रहेकोमा दुई मत छैन । केही समयअगाडि मात्रै स्लाइडिङ डिस्प्लेसहितको एक्स २०२१ मार्फत ओप्पोले सबैलाई चकित तुल्याएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया