जेनिस सलुसन लिमिटेडको कार्यालय अमेरिकामा
काठमाडौं । डिजिटल प्रविधि सेवा प्रदान गर्ने कम्पनी, जेनिस सलुसनले संयुक्त राज्य अमेरिकामा आफ्नो पहिलो कार्यालय खोलिएको जनाएको छ । ब्रिटेनमा मुख्यालय रहेको उक्त कम्पनीको नेपाल, भारत, पाकिस्तान, बंगलादेश, अष्ट्रेलिया र फिनल्यान्डमा कार्यालयहरु छन् ।
जेनिस सलुसन अमेजन वेब सर्भिसेज, गुगल तथा माइक्रोसफ्टको आधिकारिक सेवा प्रदायक पनि हो । जेनिसले यसपहिले नै अमेरिकास्थित केही ठूला बैंकहरुलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ । अमेरिकास्थित नयाँ कार्यालयबाट जेनिसले सिलिकन भ्याली र फर्चुन पाँच सय कम्पनीहरुलगायतमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । यो विस्तार विश्वभरि आफ्नो व्यवसाय तथा सेवाप्रवाह सञ्जाल पु-याउने जेनिसको रणनीतिको एक अंग हो ।
जेनिसले एडब्लुएस, गुगल, माइक्रोसफ्ट, अलिबाबा क्लाउडलगायतका विश्वचर्चित क्लाउड सेवा प्रदायक कम्पनीहरुसँगको साझेदारीमा आफ्ना कार्यालयहरुबाट विश्वभरि नै सेवा प्रदान गर्दै जाने लक्ष्य लिएको छ । अमेरिकी बजारमा चाहिँ उच्च गुणस्तरका डेभ अप्स, क्लाउड माइग्रेसन्स, क्लाउड नेटिभ डेभलपमेन्ट्स, एसईओ, व्यवस्थित सूचना प्रविधि तथा सुरक्षा सेवाहरु प्रतिस्पर्धी दरमा उपलब्ध गराइनेछ । यसअघि विश्व बैंकको आईएफसीअन्तर्गत बिजनेस अक्सिजन प्रालिले नेपालकै पहिलो क्लाउड कन्सल्टेन्सी कम्पनी, जेनिस सोलुसन प्रालिमा झण्डै साढे पाँच करोड रुपैयाँबराबरको लगानी गरेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया