होण्डाको नयाँ एमेज २०२१ नेपालमा लन्च
काठमाडौँ । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले स्टाइल, पर्फमेन्स र सुरक्षालाई समावेश गरी शानदार इन्टेरियर्सका साथ होण्डाको एमएमसी एमेज २०२१ लाई नेपाली बजारमा लन्च गरेको छ ।
यस नयाँ एमेज २०२१ मा रहेको एड्भान्स एलईडी प्रोजेक्टर हेडल्याम्प र त्यसैमा एकीकृत रहेको एलईडी डीआरएल्सका साथै नयाँ एड्भान्स फ्रन्ट फग ल्याम्पले सबैको ध्यान आकर्षण गर्नेछ । यस कारको अर्को प्रमुख विशेषता भनेको यसमा भएको डायमण्ड कट् टू टोन मल्टी स्पोक आर १५ एलोए ह्विल्स हो ।
त्यसैगरी यस एमेज २०२१ मा गाइडलाइनसहितको रियर मल्टिभ्यु क्यामेरा रहेको छ र यस कारले सुरक्षाका लागि एनक्याप बाट ४ स्टार सेफ्टी रेटिङ्ग समेत प्राप्त गरेको छ । यसका साथै यस कारमा पहिलो पटक आफ्नो क्लासमा पेट्रोल र डिजल दुवै भेरियन्टमा ७ स्पिड सीभीटी गियर बक्स रहेको छ ।
यस कारमा रहेको स्लिक सोलिड विङ्ग फेस फ्रन्ट ग्रिलले यसको डिजाइनलाई अझ आकर्षित गरेको छ । अटोमेटिक हेडलाइट कन्ट्रोलका साथ लाइट सेन्सर, प्रिमियम सि सेफ्ड एलईडी कम्बिनेसन ल्याम्प, क्रोम डोर ह्याण्डलजस्ता यस कारका अन्य विशेषताहरु पनि रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया