दोलखा । सरकारले छ वर्षदेखि अलपत्र सडक मुडे–चरीकोटको ठेक्का तोड्ने तयारी गरेको छ । सडक विस्तार तथा कालोपत्रको काम अलपत्र पार्ने ठेकेदारलाई कालोसूचीमा राखेर ठेक्का सम्झौता तोड्ने तयारी थालिएको बताइएको छ ।
दोलखाका नागरिकको अगुवाइमा गठित संघर्ष समितिका अध्यक्ष चिरञ्जीवी मास्केसहितको प्रतिनिधिसँगको सोमबार भएको भेटमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले एक हप्ताभित्र ठेकेदारलाई कालोसूचीमा राखेर ठेक्काको सम्झौता तोड्ने आश्वासन दिएका हुन् । उनले ठेक्का तोड्ने प्रक्रिया पूरा गरेर नयाँ टेन्डर आह्वान गर्ने बताए । खाँडीचौर–मुडे हुँदै चरीकोटसम्मको ५५ किलोमिटर सडक विस्तारको काम दुई भागमा विभाजन गरी ठेक्का सम्झौता गरिएको थियो । खाँडीचौरदेखि मुडेसम्मको काम सम्पन्न भइसकेको छ भने मुडे–चरीकोटको काम अलपत्र अवस्थामा छ ।
खाँडीचौर–मुडे सडकको काम सुनौला खिम्ती निर्माण सेवाले र मुडे–चरीकोट सडकखण्ड विस्तारको काम शंकर माली निर्माण सेवाले जिम्मा लिएका थिए । खाँडीचौर–चरीकोट सडक विस्तारको लागि शंकर माली–सुनौला खिम्ती र भारतको सकिल हैदर जेभीले २०७२ मा ठेक्का पाएको थियो । विसं २०७४ भित्र सम्पन्न हुनुपर्ने काम चार वर्ष ढिला भएपछि सडक डिभिजन कार्यालयले ठेकेदारलाई दैनिक चार लाख रूपैयाँका दरले हर्जना समेत तिराउँदै आएको छ ।
उक्त सडक निर्माणको माग गर्दै दोलखाका नागरिकहरूले पटक–पटक दबाब समेत दिँदै आएका छन् । सोमबार मन्त्रालयका सचिवसँग छलफल गरेका उनीहरूले मंगलबार सडक विभागमा धर्ना दिएका थिए । धर्ना दिने क्रममा उनीहरूलाई केही समय पक्राउ गरी छाडेको छ । सडक निर्माणको माग राख्दै आएका उनीहरूलाई काठमाडौँ, दोलखा र सिन्धुपाल्चोकबाट तीन पटक पक्राउ गरिसकेको छ । यस्तै प्रहरीले मंगलबार पनि सडक विभागमा धर्नामा बसेका रमेश खतिवडा, भवानी कार्की, ध्रुव आचार्य, कुशल खडका र मिनकुमार शिवाकोटीलाई पक्राउ गरेको हो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘हिमाललाई पीडा’ दिइएको भन्दै सर्वोच्च अदालतद्वारा जारी आदेशका तीन खास कुरा
- गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
- आइसिसी टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा
- देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया