विराटनगर । तत्कालीन ओली सरकारले सुपारीको कोटा वितरण गरी नेपाल भित्र्याइएको करिब २५ हजार मेट्रिकटन सुपारी निकासी हुन नसकेको पाइएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले परिमाणात्मक बन्देजसहित सुपारीको आयात खुलाउने भन्दै गत वर्षको वैशाखमा नै २५ हजार मेट्रिकटन सुपारी आयातका लागि अनुमति पाएर भित्रिएको सुपारी भारत निकासी नखुलेपछि त्यसै थन्किएको बसेको हो । तत्कालीन वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र सुपारी व्यवसायीबीच भएको सहमतिपछि ओली सरकारले सुपारी आयातको कोटा वितरण गरेको थियो । त्यसबेला कोटा वितरणमा समेत व्यापक भेदभाव र आर्थिक चलखेल भएको भन्दै कोटा वितरण प्रणाली विवादित बनेको थियो । एक व्यवसायीका अनुसार गत फागुन २५ गते नै ओली सरकारले परिमाणात्मक बन्देजसहित आयात खुलाउने निर्णय गरेर आफ्ना आसेपासे र नजिकका व्यवसायीलाई फाइदा पुग्ने गरी कोटा प्रणाली खुलाएर सुपारी आयातको अनुमति दिएको थियो ।
सुपारी व्यवसायीमध्ये झापा जिल्लाका सुपारीडन भनी कहलिएका सुपारी व्यवसायी दिपक पोखरेल र मोरङको विराटनगरका सुपारी व्यवसयी दिनेश राठीले २५ हजार मेट्रिकटन सुपारी आयातको कोटा पाएका थिए । उनीहरुले ठूलो सेटिङ गरेर नेपाल ल्याइएको सुपारी अहिले भारत निकासीमा समस्या आएपछि सुपारी व्यवसायीको रोइलो सुरु भएको छ ।
एक सुपारी व्यवसायीका अनुसार ओली सरकारले गत चैत ९ गते आयात खुलाइएको सूचना निकालेर त्यसको भोलिपल्टै अर्थात् चैत १० गते नै सुपारी व्यवसायी दिपक पोखरेल र दिनेश राठीलाई सुपारीको कोटा वितरण गरेका थिए । सेटिङअनुसार नै त्यसबेला सुपारीको कोटा वितरण गर्ने अख्तियारी पाएको वाणिज्य विभागले चैत १६ गते ८५ निवेदनबाट दुई लाख २७ हजार दुई सय ७० मेट्रिकटन (मेट) सुपारी आयातको माग भएको भन्दै कागजात पु-याउन सूचना निकालेर त्यसभन्दा पहिले नै पोखरेल र राठीलाई सुपारी आयातको अनुमति दिइसकेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया