नेपाल निजामती कर्मचारी युनियनको आठौँ महाधिवेशन माघ ८ गतेदेखि
काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनको आठौ महाधिवेशन माघको ८ देखि १० गतेसम्म काठमाडौंमा हुने भएको छ । यस्तै आठौँ महाधिवेशनको सम्पूर्ण तयारी सकिएको युनियनले जनाएको छ । महाधिवेशनअन्तर्गत सम्पूर्ण जिल्ला, केन्द्रीय सचिवलाय तथा विभागीय अधिवेशनहरु सम्पन्न भइसकेर मतदाताको नामावलीलाई अन्तिम रुप दिने काम भइरहेको युनियनले जनाएको छ ।
कोरोना महामारी ह्वात्तै बढेको अवस्थामा युनियनको महाधिवेशनमाथि प्रश्न उठिरहेका बेलामा युनियनको वर्तमान नेतृत्व सरकारसँग अनुमति लिएर स्वास्थ्य मापदण्ड कडाइका साथ अपनाएर आफ्नो आठौँ महाधिवेशन गर्न लागेको हो । युनियनका उपमहासचिव दुर्गा फुयाँलले महाधिवेशनमा सहभागि युनियनकर्मीलाई कसरी सुरक्षित रुपमा महाधिवेशनमा सहभागि गराउने भन्ने विषयमा छललफल भइरहेको बताए । उनले सरकारसँग अनुमति लिएर महाधिवेशन तोकिएको समयमा नै गराउने स्पष्ट पारे ।
कोरोनाको संक्रमण बढेपछि सरकारले आउदो माघ १२ गते सातै प्रदेशमा राष्ट्रियसभाको निर्वाचन गर्दै छ । त्यस्तै माघ ७ गते इन्जिनियर्स एसोसिएसनको पनि महाधिवेशनका लागि मतदान हुँदै छ । लामो समय रोकिएको इन्जिनियर्स एसोसिएसन महाधिवेशनको मतदान माघ ७ गतेका लागि तोकिएको छ ।
त्यस्तै एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको समेत महाधिवेशन माघको १४ गतेदेखि १६ गतेसम्म हुँदै छ । निजामती कर्मचारी युनियनको महाधिवेशन माघमा तोकिएकै समयमा गर्नै पर्ने बाध्यता भएकाले कुनै पनि हालतमा नरोकिने बताइएको छ । युनियनको वर्तमान कार्यसमितिको म्याद चैतसम्म मात्र भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर यही मितिमा महाधिवेशन गर्ने तयारी गरिएको हो ।
अहिले लकडाउनकै अवस्था नभएको र पछाडि अझ कोरोनाको संक्रमण बढ्दै गएको अवस्थामा लकडाउन भएमा युनियनको वैधानिकतामाथि प्रश्न उठ्ने भएकाले पनि युनियनको वर्तमान नेतृत्व समयमा नै महाधिवेशन गराउनलागेको उपमहासचिव दुर्गाप्रसाद फुँयालले जानकारी दिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया