सिभिल बैंकको खाता ‘खल्ती’मा लिंक गर्दा बोनस र स्मार्टफोन उपहार
काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ले सिभिल बैंक खाता ‘खल्ती’सँग लिंक गर्ने प्रयोगकर्ताहरूका लागि एक सय रूपैयाँ बोनस अफर ल्याएको छ । साथै, हरेक महिना एक जना भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्नेछन् । यो बोनस अफर पहिलो पटक सिभिल बैंक अकाउन्ट ‘खल्ती’सँग लिंक गर्ने प्रयोगकर्ताहरूको हकमा मात्र लागू हुन्छ । प्रयोगकर्ताले लिंक गर्नुपहिले केवाईसी भेरिफाइ गराउनुपर्नेछ । केही सेकेन्डमै आफ्नो बैंक लिंक गरी उक्त लिंक गरिएको सिभिल बैंक अकाउन्टबाट ‘खल्ती’ मा विना लोड भुक्तानी तुरुन्तै गर्न सकिन्छ ।
यो अफर प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानी प्रयोग गर्न प्रोत्साहित गर्न र वालेटमा नियमितरूपमा पैसा लोड गर्न लाग्ने समयलाई कम गर्न ल्याइएको हो । एक पटक प्रयोगकर्ताले बैंकलाई लिंक गरेपछि, यो सेवाले उनीहरूलाई वालेट लोड नगरी केही ट्यापहरूमा पानी, इन्टरनेट, बिजुली, सरकारी राजस्व र अन्य उपलब्ध सेवाहरूजस्ता बिलहरूको भुक्तानी गर्न सहज बनाउँछ। एक सय रूपैयाँ बोनस अफर पुस ३० देखि फागुन १ सम्म लागू हुनेछ, सिभिल बैंक खाता ‘खल्ती’मा लिंक गर्न, प्रयोगकर्ताहरूले ‘खल्ती’ को होमस्क्रिनमा रहेको ‘लिंक बैंक अकाउन्ट’ मा ट्याप गर्ने, त्यहाँ ‘लिंक बैंक टु खल्ती’मा ट्याप गर्नुपर्नेछ । त्यसपछि सिभिल बैंक छानी बैंक खाता नम्बर हालेर र सबमिटमा ट्याप गर्नुपर्नेछ । सोपश्चाात् जानकारी ठीक छ भने ‘लिंक बैंक’मा ट्याप गर्नुपर्नेछ । आफ्नो मोबाइलमा प्राप्त गरेकोे ओटीपी (भेरिफिकेसन कोड) भर्नुहोस् र भेरिफाइमा ट्याप गरेपछि ‘खल्ती’बाट बैंक खाता लिंक तुरुन्तै हुनेछ । योलगायत ‘खल्ती’ मा थप १८ बैंकको खाता लिंक गर्न सकिनेछ ।
‘खल्ती’ डिजिटल वालेट : २० लाखभन्दा बढी प्रयोगकर्ताहरू भएको ‘खल्ती’ले विगत चार वर्षभन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तररूपमा योगदान पु-याउँदै आइरहेको छ । ‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकहरूमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टीभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्नेजस्ता धेरै सेवाहरू लिन सकिन्छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया