सिटिजन्स बैंकको सिटिजन्स स्मार्ट बचत खाता
काठमाडौं, माघ २३
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले युवावर्ग तथा प्रविधिमैत्री व्यक्तिहरूलाई लक्षित गर्ने अभिप्रायका साथ ‘सिटिजन्स स्मार्ट बचत खाता’ को शुभारम्भ गरेको छ । बैंकका अनुसार निक्षेप योजनाअन्तर्गत व्यक्तिगत ग्राहकहरूले यो खाता बैकको कुनै पनि शाखामार्फत शून्य मौज्दातमा खोल्न पाउनेछन् ।
योजनाअन्तर्गत ग्राहकहरूले निःशुल्क अन्तरशाखा कारोबार, अनलाइन कारोबार गर्न सुरक्षित थ्रिडी सेक्युर प्रविधिमा निःशुल्क दर्ता तथा निःशुल्क डिम्याट खाता खोल्न पाउनेजस्ता अनेकन आकर्षक सुविधाहरू उपलब्ध छन् । योजनाअन्तर्गत ग्राहकहरूले डेबिट कार्ड, ई–बैकिङ र मोबाइल बैकिङमा प्रत्येक वर्षको वार्षिक शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् । यो खाताबाहकहरूले जुनसुकै एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने छैन । दैनिक मौज्दातमा छ प्रतिशत ब्याज गणना गरी त्रैमासिकरूपमा भुक्तानी गर्नु यस योजनाको प्रमुख विशेषता रहेको कुरा बैंकले जानकारी दिएको छ । यो खाता पूर्णरूपमा डिजिटल प्रविधि तथा कागजरहित (वातावरणमैत्री) हुने भएकोले यस खातामा बैकले चेक बुक तथा बैंक स्टेटमेन्ट भने उपलब्ध गराउने छैन ।
यस निक्षेप योजनाबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैकले हाल ८९ वटा शाखा, ९० वटा एटीएम र एक सय तीनवटा शाखारहित बैकिङ इकाइहरूबाट करिब पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैकिङ सेवाहरू प्रदान गर्दै आएको छ । ग्राहकवर्गहरूलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेजस्ता सुविधाहरू पनि उपलब्ध गराउँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया