काठमाडौं ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की नियुक्त भएका छन् । पाल्पा रिब्दिकोट गाउँपालिका ७ का कार्कीलाई माघ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले चार वर्षको लागि सीईओमा नियुक्त गरेको हो ।
सीईओको लागि छनोट समितिले यसअघि तीन जनाको नाम सर्टलिस्ट तयार गरेर मन्त्रिपरिषद्मा पठाएको थियो । तीन जनाको सर्टलिस्टमा कार्की, रमेश भण्डारी र केशव श्रेष्ठ परेका थिए । त्यसअघि समितिले ११ आवेदकहरुबाट पाँच जनाको नाम सर्टलिस्ट गरेको थियो । पाँचमध्ये छनोट समितिले तीन जनाको सर्टलिस्ट तयार पारेको थियो ।
समितिले आवेदनमध्ये मूल्यांकनका आधारमा उत्कृष्ट तीन जना छनोट गरिएको जनाएको छ । नेप्सेमा सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा छनौट सिफारिस समिति गठन गरिएको थियो । समितिमा मन्त्रालयकै सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पूर्वअध्यक्ष जीवनाथ धिताल रहेका थिए ।
यसअघिका सीईओ चन्द्रसिंह साउदले श्रीमतीको नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको आरोप लागेपछि आफ्नो कार्यकाल सकिन एक महिनाअघि राजीनामा दिएका थिए । त्यसपछि खाली पदमा नयाँ नियुक्ति गरिएको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया