चांगनको उत्कृष्ट सेडान एल्सभिन नेपाली बजारमा लोकप्रिय हुँदै
काठमाडौं । चांगन अटोको उत्कृष्ट सेडान एल्सभिनले छोटो समयको अन्तरालमै नेपाली बजारमा आफ्नो नाम स्थापना गर्न सफल भइसकेको छ । दुई महिनाको छोटो अवधिमै नेपाली अटोमोबाइल उद्योगको ध्यानाकर्षण गर्न एल्सभिन सफल भएको छ ।
नेपाली बजारमा आगमन भएको दुई महिनाको अवधिमै पाँच जना ग्राहकहरुलाई एल्सभिन वितरण गरिसकिएको छ भने अरु १५ जनाले आफ्नो बुकिङ निश्चित गरिसकेको कम्पनीले जनाएको छ । ग्राहकहरुबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको एल्सभिन आरामदायी र आफ्नो विविध विशेषताहरुले ग्राहकहरुलाई प्रभावित पार्न सफल भएको बताइएको छ ।
एल्सभिन आरामदायी उत्कृष्टता र विविध विशेषताहरुको सम्मिश्रण हो । एल्सभिनमा १.५ लिटर ब्लु कोर इन्जिन, फाइभ स्पिड म्यानुयल ट्रान्स्मिसन र १३७० सीसीको इन्जिन छ । ब्लुकोर इन्जिनले ९९ बीएचपी र १३५ एनएम प्रदान गर्दछ जसले थोरै इन्धनको खपतमा उच्चतम प्रतिफल प्रदान गर्दछ । ग्राहकहरुले यसमा रहेको सात इन्चको टच स्क्रिनको सजिलैसँग विविध प्रयोग गर्न सक्नेछन् ।
एल्सभिनको (एलईडी/डीआरएलएस) र बटरफ्लाइ ग्रिलले सजिलैसँग ध्यानाकर्षण गराउँछ । यसमा प्रयोग भएको प्रोजेक्टर हेडल्याम्पले रात्रिकालीन समयमा पनि सहजता प्रदान गर्दछ । यसको भित्री बनावटमा प्रयोग भएको उत्कृष्ट छालाको सिट र बाहिर रहेको १५ इन्चको एलो हुल्इस्ले जो कोहीलाई पनि आकर्षित गर्ने बताइएको छ ।
एल्सभिनमा प्रयोग भएको स्पोर्टी फ्लाट स्टिरिङ्गले चालकलाई सहजता प्रदान गर्नेछ । यसमा सुरक्षाका विविध सुविधाहरु उपलब्ध छन् । यसअन्तर्गत ‘एन्टी लक बे्रकिङ सिस्टम र फ्रन्टल एअर ब्याग’ पनि समावेश छन् । ‘रेर भ्यु’ क्यामराको साथमा पार्किङ सेन्सर, ‘डाइनामिक लाइन्स र प्रोक्सिमिटी अलार्म’ले थप सहजता प्रदान गर्दछ । यसका साथै गाडीमा पार्किङ र रिभर्स दुवैका लागि वार्निङ्ग लाइट समावेश छ ।
ग्राहकहरुले चांगनको नक्साल, काठमाडौंमा नवनिर्मित शोरुममा गई गाडीको अवलोकन गरी टेस्ट राइड गर्नसक्ने बिक्रेताले बताएको छ । यसका साथै चांगन नेपाल डटकममा गई एल्सभिनबारे विस्तृत जानकारी लिनका साथसाथै टेस्ट राइडको लागि बुकिङ पनि गर्न सकिनेछ । चांगन अटोसम्बन्धी सम्पूर्ण जानकारी चांगनको वेबसाइट, फेसबुक र इन्स्टाग्राममार्फत सर्वसाधारणले पाउने छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया