मञ्जुश्री फाइनान्सको शाखा कार्यालय कलंकीमा
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं. १४, कलंकीमा शाखाको कारोबार शुभारम्भ गरेको छ । काठमाडौँको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको फाइनान्सको यसअघि नारायणगढ, न्युरोड–काठमाडौँ, बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, वीरगञ्ज, मुर्गिया, योगीकुटी, मणिग्राम, भैरहवा, गैँडाकोट, हाकिमचोक भरतपुर, टाँडी, पर्साबजार, इनरुवा, झुम्का बजार, विराटचोक, चाबहिल र गोंगबुमा २३ वटा शाखा रहेका थिए भने अब थप एक शाखासहित शाखा संख्या २४ रहनेछ ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा एक अर्ब ३५ करोड रुपैयाँ चुक्ता पुँजी एवं ५० करोड डिबेन्चर जारी गरेको राष्ट्रियस्तरको फाइनान्सले ११ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब दुई करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । फाइनान्सले विप्रेषण, मोबाइल बैंकिङ र एटीएम सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको जानकारी फाइनान्सले दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सुन तस्करीको आरोप लागेका सुमनमान ताम्राकारविरुद्ध अदालतको अवहेलनामा मुद्दा दायर
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया