काठमाडौं । साल्मे डाँडाका लागि पदयात्रा अर्थात् ‘हाइक फर साल्मे डाँडा’ सम्पन्न भएको छ । वि विल राइज फाउण्डेसन नेपाल र पोखरेली मञ्च युकेको संयुक्त आयोजनामा आइतबार उक्त पदयात्रा सम्पन्न भएको हो ।
पदयात्रा बिहान ९ बजे पोखरास्थित मटिखान टावरबाट सुरु भएको थियो । करिब ६० जना यात्रूलाई मटिखानस्थित जेन्टलमेन युथ क्लवका युवा, जनजागृति आमा समूहका महिलाले फूलमाला, खादा र पञ्चेबाजासहित स्वागत गरेका थिए । पदयात्रामा अभिनेत्री करिश्मा मानन्धर, गायिका सुनिता दुलाल, कीर्तिमान आरोही फूर्वा तेन्जिङ शेर्पालगायतका चर्चित व्यक्तिहरु सहभागी थिए । पैदलयात्रामा सहभागि सबैले साल्मेमा निर्माणाधीन गोर्खा स्मारक पार्कको अवलोकन गरे । अभिनेत्री मानन्धरले पर्यटन प्रवर्द्धन गर्ने कर्ममा संलग्न हुन पाउँदा खुसी लागेको बताइन् । ‘नेपालका कुना काप्चाका ठाउँलाई हामीले यसैगरी चिनाउने हो,’ उनले भनिन्, ‘आज साल्मेमा निर्माणाधीन गोरखा स्मारक पार्क देख्दा साह्रै खुसी लाग्यो । यसलाई पर्यटकीय केन्द्र बनाउनका लागि मेरो व्यक्तिगत र वि विल राइज फाउण्डेसनको तर्फबाट सक्यो सहयोग गर्नेछु ।’
यसैगरी, गायिका सुनिता दुलालले कुनै पनि देश समृद्ध बन्नका लागि पर्यटनलाई प्रवद्र्धन गनुपर्नेमा जोड दिइन् । ‘वि विल राइज फाउण्डेशन र पोखरेली मञ्च युकेले विगतका दिनमा नेपाललाई विश्वसामु चिनाउन होस् या नेपालको पर्यटन प्रवद्र्धन गर्न होस् सँगै सहयात्रा गर्दै आएका छौँ’, फाउण्डेसनको निर्देशक (पब्लिक रिलेसन राष्ट्रिय अन्तर्राष्ट्रिय)समेत रहेकी दुलालले भनिन्, ‘हङहङ, बेलायतलगायतका देशमा ‘हाइक फर नेपाल’का माध्यमबाट नेपाल चिनाउनेदेखि साल्मे डाँडासम्म हामी सँगै छौं ।’ कार्यक्रममा दुलालले गोर्खा भूतपूर्व सैनिक संघको (गेसो)को अगुवाइमा निर्माणाधीन स्मारकका लागि फाउण्डेसनको तर्फबाट दुई लाख रुपैयाँ आर्थिक सहयोगको समेत घोषणा गरेकी छिन् ।
त्यस्तै, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङले पर्यटन प्रवद्र्धनलाई केन्द्रमा राखेर उदाहरणीय काम गरेको बताए । साथै, कुभिण्डे भञ्ज्याङदेखि साल्मे डाँडासम्म हुने पर्वतीय दौड आयोजना गर्नका लागि खेलकुद परिषद्ले सहयोग गर्ने आश्वासन समेत दिए । पोखरेली मञ्च युकेका अध्यक्ष मानप्रसाद गुरुङले आफ्नो गाउँ ठाउँ सरकार वा अन्य कुनै दातृनिकायको सहयोगले मात्र विकास हुन्छ भन्ने सोचबाट मुक्त हुनुपर्ने बताए । पोखरेली मञ्च युकेका अध्यक्ष मानप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष खड्ग रानाभाट, गोरखा स्मारक पार्क व्यवस्थापन समितिका अध्यक्ष जंगबहादुर गुरुङ, महासचिव डा. चन्द्र गुरुङलगायतको उपस्थिति थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया