श्रमलाई प्रविधिमार्फत उत्पादनमा जोड्नसके सबल नेपाल बनाउन सकिन्छ : पन्त
काठमाडौं । ‘रोजगारीकोे सिर्जना गरी बेरोजगारी शून्य बनाऔँ’ भन्ने नाराका साथ ३० वर्षपहिले स्थापना भएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनार्दन देव पन्तले श्रमलाई प्रविधिमार्फत उत्पादनमा जोड्र्न सके सवल र सम्मानित नेपाल बनाउन सकिने बताएका छन् । शुक्रबार पोखरामा प्रदेशस्तरीय केन्द्र प्रमुख कार्यशाला गोष्ठीमा उनले यस्तो बताएका हुन् ।
शाखा कार्यालयमा आवद्व भएका सय जना केन्द्र प्रमुखहरूको उपस्थितिमा प्रदेशस्तरीय केन्द्र प्रमुख कार्यशाला गोष्ठीमा सीईओ पन्तले देशमा कार्यदिशा परिवर्तन गरेर अर्थतन्त्र सुधार गर्नुपर्नेमा जोड दिए । ‘नयाँ जोस र नयाँ मोडमा काम गरेर आर्थिक गति तीव्र बनाउनुपर्छ’, कार्यक्रममा सीईओ पन्तले भने, ‘यसका लागि श्रमलाई प्रविधिमार्फत उत्पादनमा जोड्न आवश्यक छ ।’ नेपाल राष्ट्र बैंक गण्डकी प्रदेश कार्यालय प्रमुख डा. राम शरण खरेल प्रमुख अतिथि रहेको सो कार्यक्रममा वित्तीय साक्षरता तथा व्यावसायिक परियोजनाहरूको संगालो पुस्तकको समेत विमोचन गरिएको थियो ।
निर्धन लघुवित्तले आयोजना गरेको सो कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै डा. खरेलले संस्था सीईओ पन्तकै विचारमा अगाडि बढेको जानकारी पाएको बताए । उनले भने, ‘परिवर्तन सम्भव छ भने त्यो लघुवित्तबाट मात्र सम्भव छ यसलाई प्रभावकारी रूपले अगाडि बढाउनुपर्छ । कर्मचारीले विपन्न महिला वर्गसँग गर्ने व्यवहारमा नै योगदान सम्भव छ । हामीले धेरै भावनात्मक नभई नियम प्रक्रिया नीति पालना गर्नुपर्छ । निर्धन उत्थानले १२ प्रतिशतसम्म ब्याज बचतमा दिने र कर्जामा १५ प्रतिशत लिने कार्य प्रशंसनीय छ ।’ लघुवित्त वित्तीय संस्थाको प्रभावले कति गरीवी कमगर्न सहयोग पु-यायो त्यसको योगदानको मुल्यांकन गर्न जरूरी रहेको पनि उनले बताए । कार्यक्रममा सहभागी महिलाहरुले निर्धन लघुवित्तले महिलाहरुको क्षमता वृद्धि गरेको बताए । उनीहरुले अशक्त तथा बेरोजगार महिलाहरुलाई आत्म निर्भर हुन सहयोग गरेको बताएका छन् । विना धितो सस्तो ब्याजमा क्रण पाएपछि स्वरोजागार बनेकोे र घर परिवार चलाउन सहज भएको उनीहरुको भनाइ थियो ।
कार्यक्रममा सहभागी सरानकोट केन्द्र प्रमुख सीता थापा क्षेत्रीले आफुले जग्गा बेचेर कुखरा पालन गरेको स्मरण गर्दै निर्धन लघुवित्तको सहयोगबाट ऋण लिएर कुखुरापालन गरेको बताइन । चैत मसान्तसम्म करिव ४ लाख घरधूरीमा सेवा प्रदान गरिरहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ग्राहकहरूबाट सदस्यहरूको उद्यमशीलता अभिवृद्धि, वित्तीय साक्षरता, ग्राहक संरक्षण र बहुबैंकिङ तथा ऋणको अतिभारबाट पर्ने नकारात्मक प्रभाव र बच्ने उपायहरु सम्बन्धमा गर्नु पर्ने कार्यहरूको बारेमा आवश्यक पृष्ठपोषण लिई सोहीबमोजिम ग्राहक सदस्यहरूको चाहना र आवश्यकताअनुसार प्रभावकारीरूपले गैर वित्तीय र वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले प्रदेश स्तरीय केन्द्र प्रमुख कार्यशाला गोष्ठी आयोजना गरेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया