न्यूनतम चुक्ता पुँजीवृद्धिको दबाबमा बीमा कम्पनीहरू
तीनवटा जीवन बीमा कम्पनी मर्ज भएर एउटै कम्पनी बन्ने
काठमाडौं । बीमा कम्पनीहरुको लागि निमनकारी निकाय बीमा समितिले २०७८ चैत १० गते बीमा कम्पनीहरुलाई न्यूनतम चुक्ता पुँजीवृद्धि गर्नुपर्ने अनिवार्य व्यवस्था ग-यो । उक्त व्यवस्थाअनुसार जीवन बीमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी दुई अर्ब ५० करोड रुपैयाँ पु¥याउनुपर्नेछ । उक्त परिपत्रअनुसार बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरी समग्रमा नेटवर्थ बढाई सोहीअनुरुप कम्पनीहरुको जोखिम वहन क्षमता बढाउन, कम्पनीहरुलाई एक अर्कामा गाभ्ने गाभिने अनुकूल वातावरण सिर्जना भई उपयुक्त संख्यामा राख्न तथा पुँजीगत आधार बलियो बनाउन, ठूलो पुँजी भएमा सेवाको लागत कम भई बीमाको पहुँच विस्तार गर्न, ठूलो पुँजी कायम गरी कम्पनीहरुबीच स्वस्थ्य प्रतिस्पर्धाको वातावरण तयार गर्न र जोखिममा आधारित पुँजीसँग सामञ्जस्यता हुने गरी चुक्ता पुँजी कायम गर्न पुँजी वृद्धिको निर्णय गरिएको थियो ।
तोकिएको चुक्ता पुँजी २०७९ चैत मसान्तसम्ममा कायम गरिसक्नुपर्ने र निर्धारित पुँजी उपर्युक्त समयावधिभित्र पु¥याउन नसक्ने कम्पनीहरुले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०७६’ बमोजिम हुने गरी पुँजी कायम गर्नुपर्नेछ । यसैगरी, विदेशी बीमकको रुपमा दर्ता भई सञ्चालनमा रहेको बीमकले बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३ को दफा ४ बमोजिमको तोकिएको न्यूनतम चुक्ता पुँजीबराबरको निर्धारित पुँजी कायम गर्ने र संयुक्त लगानीमा सञ्चालित कम्पनीले तोकिएको समयावधिभित्र उल्लिखित निर्देशिकाको दफा ४ बमोजिमको तोकिएको न्यूनतम चुक्ता पुँजी कायम गर्ने व्यवस्था रहेको छ । कम्पनीहरुले ३० दिनभित्र आफ्नो पुँजी योजना सम्बन्धित बोर्डबाट निर्णय गराई समितिसमक्ष पेश गर्नुपर्ने व्यवस्था तोकिएको छ ।
बीमा समितिले जारी गरेको सोही निर्देशनको प्रभाव अहिले बीमा कम्पनीहरुमा देखिएको छ । जसअनुसार युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एक आपसमा गाभिने सहमति भएको छ । सो सम्बन्धमा तीनै कम्पनीका अध्यक्षहरुले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
कम्पनीको पुँजीगत आधारलाई मजबुत र सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्दै बीमित, लगानीकर्तालगायत सरोकारवालाहरुको दीर्घकालीन हित संरक्षण गर्नुको साथै तीनै कम्पनीको वित्तीय, मानव संसाधन, प्राविधिक एवं अन्य क्षमता अभिवृद्धि गर्दै सेवाग्राहीलाई आधुनिक प्रविधिजन्य बीमा सेवा सुविधा प्रदान गर्नसक्ने अवस्था सिर्जना गर्ने, मुलुकमा जीवन बीमालाई सुशासित, सुरक्षित, स्वस्थ्य, कुशल तथा सक्षम एवं प्रभावकारी बनाउन सहयोगी भूमिका निर्वाह गर्ने र मुलुकको समग्र जीवन बीमा प्रणालीको सम्वद्र्धन गरी सो प्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्दै बीमितको हित संरक्षण गर्ने उद्देश्य तीनै कम्पनीले लिएका छन् । सोही उद्देश्यअनुरुप बिग मर्जरको लागि सम्झौता गरिएको ती कम्पनीहरुले जानकारी दिएका छन् ।
नेपाली बीमा क्षेत्रमा अहिले १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र दुई वटा पुनर्बीमा समितिका ४१ बीमा कम्पनीहरुले बीमासम्बन्धी कारोबार सञ्चालन गर्दै आएका छन् । सम्झौताअनुसार तीनवटा जीवन बीमा कम्पनीहरु मर्जर भएर एकीकृत कारोबार गरेको खण्डमा कुल जीवन बीमा कम्पनीहरुको संख्या १७ वटा कायम हुने भने कुल बीमा कम्पनीहरुको संख्या घटेर ३९ वटामा सीमित हुनेछ । यसअघि बैंक तथा फाइनान्स कम्पनीहरु मात्र मर्जरमा गएको तीनवटा बीमा कम्पनीहरुले मर्जरको लागि सम्झौता गरेसँगै बीमा कम्पनीहरुमा पनि मर्जरको सरगर्मी सुरु भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ केजी १०१ ग्राम कोकिन सहित एक महिला पक्राउ
- सिरियामा २७ प्रतिशत जनसंख्या ‘चरम गरिबी’मा
- गुजरातमा आगलागीमा परी २० जनाको मृत्य
- युक्रेनलाई साढे २७ करोड डलर सहयोग गर्ने अमेरिकाको घोषणा
- टेलिकमको कपर प्रविधिबाट सञ्चालित सेवा एफटीटीएच नेटवर्कमा स्तरोन्नति
- नयाँ बानेश्वरमा टीभीएसको नयाँ सोरुम
- २१ सय नौं बिन्दुमा खुम्चियो सेयर बजार
- औद्योगिक क्षेत्रका प्राविधिकलाई ऊर्जा दक्षतासम्बन्धी तालिम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया