रियलमी ९ शृंखलाका थप फोन नेपाल आउँदै
काठमाडौं । नेपालमा रियलमी९ शृंखलाको पछिल्लो थप शृंखला नेपालमा चाँडै ल्याउने भएको छ । रियलमी९ यो सामसङ आईएसओ सेल एचएम६ इमेज सेन्सरको साथ आउने विश्वको पहिलो स्मार्टफोनहरूमध्ये एक हुनेछ, जसले कम प्रकाशमा फोटोहरूमा उल्लेखनीय रूपमा उज्यालो र राम्रो रंग संयोजन प्रदान गर्दछ ।
रियलमी९ स्नाप ड्रागन ६८० प्रोसेसरको साथ आउनेछ जुन ६ एनएम प्रक्रियामा आधारित छ । यो स्मार्टफोन ९० हर्ट्जको सुपर एमोलेड डिस्प्लेसहित १०२४० स्तरको ब्राइटनेस समायोजनको साथमा उपलब्ध हुनेछ ।
यसमा रहेको १६एमपी सेल्फी क्यामेरा फिचरले अँध्यारोमा समेत प्राकृतिक र मुलायम छालाको सेल्फी फोटो लिनको लागि उपयुक्त हुनेछ । यसमा ५००० एमएएचको विशाल ब्याट्री क्षमताका साथ ३३ डब्लु डार्ट चार्ज टेक्नोलोजीद्वारा सुसज्जित हुनेछ ।
यसले मुटुको गति पत्ता लगाउने इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर, र डायनामिक ¥याम विस्तार प्रविधि– डीआरई पनि समावेश गर्दछ जसले पहिले अवस्थित ¥याममा ५जीबीसम्म थप्न सक्छ । यो ७.९९ एमएम स्लिम छ र तौल १७८ ग्राम मात्र छ । यो स्मार्टफोन एन्ड्रोइड १२ मा आधारित पूर्व इन्सटल्ड रियलमी यूआई ३.० सँग आउनेछ ।
यसमा मरुभूमिबाट आएको प्रकाशबाट प्रेरित रिपल होलोग्राफिक डिजाइन हुनेछ जसले प्रकाश परिवर्तनको थ्रीडी प्रभाव प्रदान गर्दछ । रियलमी९ यस महिनाको अन्त्यमा धेरै रङ विकल्पहरू र -याम स्टोरेज भेरियन्टहरूमा लन्च हुने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- १ केजी १०१ ग्राम कोकिन सहित एक महिला पक्राउ
- सिरियामा २७ प्रतिशत जनसंख्या ‘चरम गरिबी’मा
- गुजरातमा आगलागीमा परी २० जनाको मृत्य
- युक्रेनलाई साढे २७ करोड डलर सहयोग गर्ने अमेरिकाको घोषणा
- टेलिकमको कपर प्रविधिबाट सञ्चालित सेवा एफटीटीएच नेटवर्कमा स्तरोन्नति
- नयाँ बानेश्वरमा टीभीएसको नयाँ सोरुम
- २१ सय नौं बिन्दुमा खुम्चियो सेयर बजार
- औद्योगिक क्षेत्रका प्राविधिकलाई ऊर्जा दक्षतासम्बन्धी तालिम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया