समृद्धि फाइनान्स र भज्जु चुलोबीच सम्झौता
काठमाडौं । समृद्धि फाइनान्स र चितवनमा रहेको भज्जु चुलो (नेवारी खाजा घर) बीच सम्झौता भएको छ । सम्झौतामा समृद्धि फाइनान्सका कार्मचारी तथा खातावालहरूलाई खाना तथा पेय पदार्थमा पाँच हजार द्वारासम्मको बिलमा १० प्रतिशत र पाँच हजारभन्दा माथिको बिलमा १२ प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।
उक्त सम्झौतामा समृद्धि फाइनान्सको तर्फबाट यस संस्थाको चितवन शाखाको शाखा प्रवन्धक विकास सापकोटा र भज्जु चुलोका सञ्चालक श्रीमती पार्वती श्रेष्ठले हस्ताक्षर गरेको यस संस्थाका व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन् ।
फाइनान्सले मुद्धति निक्षेपमा सर्वाधिक १२ दशमलव २५ प्रतिशत र बचत निक्षेपमा अधिकतम १० प्रतिशतसहित आर्कषक ब्याजदरसहितका विभिन्न बचत खाताहरू समेत सञ्चालनमा ल्याएको छ । फाइनान्सले हाल पाँचवटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जानकारी दिएको छ । फाइनान्सले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा २८ लाख २८ हजार द्वारा खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने फाइनान्सले ५४ लाख दुई हजार द्वारा खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी ७२ करोड ४८ लाख ६५ हजार द्वारा रहेको फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ६५ करोड ५९ लाख ६५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ५१ करोड २३ लाख २९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड १७ लाख चार हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव ५९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव २७ प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको वितरणयोग्य नाफा भने एक करोड १५ लाख ६७ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले ७० करोड ८२ लाख आठ हजार रुपैयाँ निक्षेप संकलन गरी ८१ करोड १९ लाख ५२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १९ लाख ६८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा १६ लाख ५० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ९० प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया