कोलम्बो । श्रीलंकाले अप्रिलमा श्रमिकबाट प्राप्त हुने रेमिट्यान्समा अप्रिलमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा ५० प्रतिशतले गिरावट आएको यहाँको केन्द्रीय बैंकले जनाएको छ ।
सिन्ह्वाका अनुसार गत वर्षको यो अवधिको तुलनामा २४ करोड ८९ लाख प्रतिशतभन्दा बढीको गिरावट भएको बैंकद्वारा आइतबार सार्वजनिक तथ्यांकमा उल्लेख गरिएको छ । सन् २०२१ को जनवरीदेखि अप्रिलको बीचमा श्रीलंकाले कामदारको रेमिट्यान्समा २.३८ अर्ब डलर प्राप्त गरेको थियो । उक्त रकम यो वर्ष १.०३ अर्ब डलरमा झरेको छ ।
यसैबीच सन् २०२२ को जनवरीदेखि अप्रिलसम्म श्रीलंकाले पर्यटनबाट छ करोड २६ लाख ४० हजार डलर कमाएको थियो । गत वर्षको सोही अवधिमा यो रकम ३६ करोड डलर रहेको थियो । पर्यटन र श्रमिकको रेमिट्यान्स श्रीलंकाका लागि विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत हो । दक्षिण एसियाली मुलुकले सन् २०२१ मा ५.५ अर्ब रुपैयाँ रेमिट्यान्स प्राप्त गरेको थियो । यो २०२० मा ७.१ अर्ब डलरबाट २३ प्रतिशतले घटेको थियो ।
श्रीलंकाले सन् २०१८ मा २३ लाखभन्दा बढी पर्यटकलाई स्वागत गरेको थियो । सन् २०१९ मा भएको बम विस्फोटनपछि उक्त संख्या १.९ मिलियनमा झरेको थियो । सन् २०२० र २०२१ मा कोभिड–१९ महामारीका कारण यो संख्यामा थप घटेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया