सानिमा बैंकको ‘डबल धमाका मुद्दती खाता’
काठमाडौं । सानिमा बैंकले ‘सानिमा डबल धमाका मुद्दती खाता’ सार्वजनिक गरेको छ । बैंकले नयाँ वर्षको उपलक्ष्यमा आफ्ना ग्राहकहरूलाई लक्षित गरी सानिमा डबल धमाका मुद्दती खाताअन्तर्गत व्यक्तिगत ग्राहकहरूलाई लक्षित गरी ल्याइएको उक्त मुद्दतीमा ग्राहकहरूले न्यूनतम पाँच लाख रुपैयाको मुद्दती खोल्न सक्नेछन् । ग्राहकहरूले यो योजनामा उक्त रकम साढे छ वर्षमा दोब्बर भएर शतप्रतिशत प्रतिफल प्राप्त गर्न सक्नेछन् । मुद्दती निक्षेप रकम परिपक्वतापश्चात् दोब्बर भई भुक्तानी गर्न सकिने भएको छ । प्रतिफलमा लाग्ने कर रकम ग्राहकहरू स्वयमले व्यहोर्नुपर्ने बताइएको छ ।
व्यावहारिक कार्यका लागि रकम आवश्यक परेमा ९० प्रतिशतसम्मको ऋण लिन सक्नेछन् । ग्राहकले दुई लाखसम्मको निःशुल्क क्रेडिट कार्डको लागि आवेदन दिन सक्नेछन् । यस योजनाअन्तर्गत एकभन्दा बढी मुद्दती खाताहरू समेत खोल्न सकिने बैंंकले जानकारी दिएको छ । बैंकको हाल देशको सातवटै प्रदेशमा एक सय २६ वटा शाखा कार्यालय र एक सय १५ वटा एटीएम काउन्टर सञ्चालनमा रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया