पूर्वथाईमन्त्री बैंककको गभर्नर बन्ने सुनिश्चित
बैंकक । थाइल्यान्डका पूर्वयातायात मन्त्री चाडचार्ट सितीपुन्टले आइतबार भएको निर्वाचनमा निर्णायक जित हासिल गरेपछि बैंककको नयाँ गभर्नर बन्ने भएको छ । सन् २०१३ पछि पहिलो पटक थाईल्याण्डको गभर्नरका लागि निर्वाचन भएको हो ।
बैंकक गभर्नर निर्वाचनमा ३१ जना उम्मेदवारहरूले प्रतिस्पर्धाका लािग उम्मेदवारी दर्ता गराएका थिए । ५५ वर्षीय स्वतन्त्र उम्मेदवार च्याडचार्टले १३ लाखभन्दा बढी मत ल्याई भारी मतका साथ गभर्नरको निर्वाचनमा जित सुनिश्चित गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी च्याडचार्ट निकै अगाडि छन् ।
निर्वाचनमा मुख्य प्रतिस्पर्धामा रहेका दुई उम्मेदवारले कुल २५ लाख मतमत प्राप्त गरेका बैंककको निर्वाचन आयोगको कार्यालयबाट प्राप्त अनौपचारिक परिणामले देखाएको छ । यसैबीच थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले सोमबार नै च्याडचार्टलाई बधाई दिएको सरकारका प्रवक्ता थानकोरन वाङबुनकोंगचानालाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रवक्ताका अनुसार प्रयुतले बैंककको विकासमा सरकारले च्याडचार्ट र उनको टोलीलाई सबै उचित समर्थन दिने आश्वासन दिएका छन् । च्याडचार्टका प्रतिस्पर्धीहरूले आइतबार नै उनीहरूको हार स्वीकार गर्दै उनलाई बधाइ तथा कार्यकाल सफलताको शुभकामना दिइसकेका छन् । निर्वाचन आयोगले देशको निर्वाचन प्रक्रियाअनुसार आधिकारिक परिणाम घोषणा गर्न ३० दिन लाग्न सक्ने जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया