काठमाडौं । आगामी वर्षको नीति तथा कार्यक्रमले समुन्नत नेपालको आकाङ्क्षालाई पूर्ण रुपमा आत्मसात् गरेको छ । सरकारले आगमी वर्षको नीति तथा कार्यक्रमले विकास, समृद्ध, शिक्षा स्वास्थ्यमा सहजता, सामाजिक न्याय, आपसी सद्भाव, राष्ट्रिय सहमति सहित समुन्नत नेपालको आकाङ्क्षालाई पूर्ण रुपमा आत्मसात् गरेको बताएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उक्त कुरा उल्लेख गरेकी हुन् । आगामी वर्षको नीति तथा कार्यक्रमको कार्यान्वयनबाट कृषि, उद्योग र सेवा क्षेत्रको उत्पादकत्व वृद्धि भई सबल अर्थतन्त्र निर्माण गर्न योगदान पुग्नेछ । साथै, यसले नागरिक सुरक्षा, सामाजिक संरक्षण, शिक्षा स्वास्थ्यजस्ता सेवा सहज रुपमा उपलब्ध भई सामािजक न्याय कायम गर्न मद्दत गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
उत्पादन, उत्पादकत्व, रोजगारी वृद्धि गरी आर्थिक समृद्धिसहितको सामािजक न्याय हासिल गर्न, हरेक नेपालीले २१औँ शताब्दीअनुकूलको जीवनयापन गर्न पाउने प्रबन्ध गर्न, गुणस्तरीय विकास संरचना निर्माण गर्न, कोभिड १९ जस्ता महामारीसँग जुध्न जलवायु परिवर्तनका नकारात्मक असर न्यून गर्न र मुलुकलाई समुन्नत बनाउन सबै नेपालीबीच आपसी सद्भाव र सहमति हुुनुपर्दछ । राष्ट्रिय सहमति र प्रतिबद्धताबाट यस नीति तथा कार्यक्रम अन्तर्निहित उद्देश्य प्राप्त गर्न सकिन्छ भन्ने सरकारको विश्वास रहेको छ ।
राष्ट्रिय आवश्यकता र आर्थिक पुनरुत्थानको विषयलाई प्राथमिकतामा राखी यस नीति तथा कार्यक्रमको कार्यान्वनयमा सरकारलाई सबैबाट सक्रिय सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको राष्ट्रपति भण्डारीले सयुक्त बैठक सम्बोधनको क्रममा भनिन् । नीति तथा कार्यक्रमले संघीयता कार्यान्वयनको विषयलाई पुनरवलोकन गर्ने जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया