भारतमा अहिलेसम्म मंकीपक्सका संक्रमित नरहेको दाबी
नयाँ दिल्ली । विश्वका धेरै देशमा फैलिएको मंकीपक्सका संक्रमित भारतमा अहिलेसम्म कोही नभेटिएको दाबी गरिएको छ । एएनआईका अनुसार भारतका सरकारी अधिकारीहरूले विश्वका धेरै देशमा देखिएपनि भारतमा भने अहिलेसम्म मंकीपक्सबाट कोही संक्रमित भएको पुष्टि नभएको दावी गरेका हुन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले समेत मंकीपक्सका बारेमा उच्च सतर्कता अपनाउन सबै देशहरूलाई आग्रह गर्दै आएको छ । भारतको संघीय स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार मंकीपक्स भारतमा भित्रिन नदिनका लागि सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको छ । सरकारले मंकीपक्सको संक्रमण व्यवस्थापन निर्देशिका तयार पारिसकेको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ, ‘भारतमा अहिलेसम्म मंकीपक्सबाट संक्रमित कोही भेटिएका छैनन् ।’
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया