खानेपानी विस्तारको कामलाई तीव्रता दिंदै चामुण्डाबिन्द्रासैनी नगरपालिका
दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाले नागरिकहरूलाई स्वच्छ खानेपानीको पहुँचमा पु-याउनका लागि मजुवा खानेपानी आयोजना विस्तारको कार्यलाई तीव्रता दिएको छ । नागरिकहरूलाई खानेपानीको सुविधा उपलब्ध गराउने लक्ष्यसहित (छिमेकी) भैरवी गाउँपालिकाको वडा नं ७ स्थित मजुवादेखि चामुण्डा विन्द्रासैनीको नगरपालिका ९ नम्बर वडा (डंसुर) सम्म करिब ३६ किलोमिटरको दूरीमा रहेको उक्त खानेपानी आयोजना विस्तार कार्यलाई तीव्र पारिएको हो ।
शनिबार नगरप्रमुख गणेशकुमार शाहीले चाुमण्डा बिन्द्रासैनी नगरपालिका वडा नम्बर ५ को कार्की डाँडामा निर्माण हुनलागेको ५० हजार लिटर क्षमताको खानेपानी ट्यांकीको शिल्यान्यास गरेका छन् ।
निर्माणाधीन खानेपानी ट्यांकीको शिल्यान्यास गर्दै नगरप्रमुख शाहीले ट्यांकी निर्माणकार्य असार मसान्तसम्म सक्नेगरी काम गर्न उपभोक्ता समितलाई निर्देशन समेत दिए । निर्माण कार्यको जिम्मा लिएको मजुवा खानेपानी उपभोक्ता समितिले दक्ष र प्रयाप्त जनशक्ति लगाएर सम्झौता भएको समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।
खानेपानी आयोजना विस्तारपश्चात् त्यहाँका प्रत्येक घरमा दुई सय लिटरका दरले पाँच सय घरपरिवारलाई खानेपानी उपलब्ध हुने पालिकाले विश्वास गरेको छ । यस्तै नगरप्रमुख शाहीले पालिकामा हुने विकास निर्माणका काममा कुनै पनि गलत सम्झौता नगरिने र कसैले गलत कार्य गरेको पाइएको खण्डमा छुटकारा नदिने पनि चेतावनी दिए । आफ्नो पाँचवर्षे कार्यकालमा नगरपालिकामा खानेपानी, स्वास्थ्य, शिक्षा र सडकलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको समेत नगर प्रमुख शाहीको भनाइ छ ।
लामो समयदेखि खानेपानीको समस्यामा रहेका नागरिकहरूको जीवनस्तरमा सहजताका लागि थालिएको उक्त कार्यले मजुवादेखि चामुण्डाबिन्द्रासैनी नगरपालिकाको डंसुरसम्म प्रत्येक नागरिकका घर–घरमा खानेपानीका धारा जडान गरी स्वच्छ पानी उपलब्ध गराउने नगरपालिकाको प्रमुख लक्ष्य रहेको छ । ट्यांकी निर्माणपश्चात् भने हाल पानी वितरणमा भइरहेको समस्यालाई समाधान गर्नेछ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
- व्यवस्थापन गर्न कठिन एकल विन्दु सेवा केन्द्र
- देशभर इन्टरनेट सेवामा समस्या
- संसद्को बजेट अधिवेशन आह्वान
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया