मेगा बैंकको मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट
काठमाडौं, फागुन ७
मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरूलाई ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ नामक आकर्षक बचत योजना ल्याएको छ । सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कर्मचारीहरूका लागि बैंकले ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ को २०२० संस्करण ल्याएको हो ।
बैंकका अनुुसार न्यूनतम एक हजार रूपैयाँ बचत हुनुपर्ने यस खातामा छ दशमलव पाँच प्रतिशत ब्याज पाइनुका साथै बिभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको छ । यस योजनामा ग्राहकलाई ५० हजार रूपैयाँसम्मको मेडिकल बीमा गरिएको छ भने सात लाख रूपैयाँको दुर्घटना बीमाको व्यवस्था गरिएको छ ।
यसैगरी, मोबाइल बैंकिङ, डेबिट कार्ड र क्रेडिट कार्ड पहिलो वर्ष निःशुल्क पमा उपलब्ध गराइने बैंकले जनाएको छ । यस्तै, नेपालभित्रका जुनसुकै बैंकका एटीमबाट रकम झिक्न पनि निःशुल्क व्यवस्था गरिएको छ । यसका साथै, खातावाललाई ऋण लिन पनि यस योजनामा विशेष सुविधाहरू समेटिएका छन् ।
सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत सबैलाई अति नै आकर्षक र सुविधायुक्त भएका कारण ग्राहकहरूले यस बचत योजनालाई अत्याधिक मनपराइदिने मेगा बैंकको विश्वास छ । ‘बैंक अफ दि एयर २०१९’ बाट पुरस्कृत भएको मेगाले ग्राहकलाई आकर्षक र नवीनतम सुविधाहरू प्रदान गर्दै आएको छ । मेगाको देशभरका एक सय ११ वटै शाखाबाट यस योजनाअन्तर्गत खाता खोल्न सकिने बैंकले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सुन तस्करीको आरोप लागेका सुमनमान ताम्राकारविरुद्ध अदालतको अवहेलनामा मुद्दा दायर
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया