वासिङ्टन । ऊर्जा र खाद्य क्षेत्रका वस्तुको मूल्य उच्चवृद्धिपछि अमेरिकामा ४० वर्षयताकै महंगी छाएको छ । गत महिना सोचेभन्दा तीव्र गतिमा मूल्यवृद्धिसँगै सन् १९८१ यताकै धेरै महंगी छाएको बीबीसीले उल्लेख गरेको छ ।
वार्षिक महंगी दर बढेर मे महिनामा ८.६ प्रतिशत पुगेको श्रम विभागले जनाएको छ । अप्रिलमा भने केही राहत महशुस भएको थियो । योसँगै मानिसहरुको जीवनयापन लागत बढ्दा नीतिनिर्मातालाई यसको नियन्त्रण कसरी गर्ने भन्ने चिन्ताले सताएको छ ।
अमेरिकी केन्द्रीय बैंकले गत मार्चयता ब्याजदर बढाउँदै आएको छ । विश्लेष21कहरुले यसले आर्थिक गतिविधिलाई केही शान्त पार्ने आशा गरेका छन् । खासगरी मूल्यवृद्धिको दबाब क्रमशः कम हुने उनीहरुको अपेक्षा छ । तर रुस र युक्रेनबीचको संकटले तेल र वस्तुहरुको मूल्यवृद्धि बढाइरहेको छ । दुई देशबाट हुने गहुँको निर्यातमा समस्या हुँदा आपूर्ति प्रणालीमा पनि कठिनाइ आएको छ ।
गत महिना खाद्यवस्तुको मूल्य १० प्रतिशतभन्दा धेरैले बढेको थियो भने ऊर्जा क्षेत्रको ३४ प्रतिशतभन्दा धेरै बढेको थियो । तर गत शुक्रबारको प्रतिवेदनले भने हवाइ टिकटदेखि कपडा र औषधिजन्य सेवाको मूल्य उच्च हुँदै गएको देखाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया