भन्सार एजेन्टको परीक्षामा सहभागी हुनका लागि नक्कली कागजात
विराटनगर । विराटनगरमा कपडाको व्यवसायीदेखि भन्सार क्लियरिङको काम समेत आफैँ गर्दै आएका एक कपडा व्यापारी फेरि विवादित बन्न पुगेका छन् ।
विराटनगरको महावीर रोडमा फेन्सी पसल गर्दै आएका सञ्जित भगतले भन्सार एजेन्टको परीक्षामा सहभागी हुनका लागि नक्कली कागजात बनाएको पाइएको छ । एक महिनाअगाडि मात्र भन्सार विभागले लिएको भन्सार एजेन्टको परीक्षामा सहभागी हुन भगतले नक्कली कागजात बनाएका थिए । साथै उनी भन्सार एजेन्टको परीक्षामा पास समेत भएका छन् । उनले विराटनगर भन्सारमा कार्यरत एक भन्सार एजेन्टको क्लियरिङ फर्ममा नक्कली कागजी प्रक्रिया पूरा गरेर भन्सार एजेन्टको परीक्षामा सहभागी भएको बताइएको छ । उनले नक्कली कागजात बनाएर परीक्षामा सहभागी भएको बाहिरिएपछि उनले पेस गरेको कागजातलाई भन्सार विभागले अनुसन्धान थालेको छ ।
स्रोतका अनुसार कपडा व्यवसायी भगत लामो समयदेखि विभिन्न ब्रान्डका कपडाहरू समेत प्रहरीकै सेटिङमा अवैध बाटो हुँदै नेपालमा ल्याउने कार्यमा संलग्न छन् । बाहिर देखाउनका लागि उनी बेला–बेलामा भन्सार एजेन्टलाई भन्सार प्रज्ञापनपत्रमा हस्ताक्षर गराएर भन्सार क्लियरिङको काम समेत आफैँ गर्ने गर्दथे ।
पछिल्लो समय सरकारले कपडा आयातका लागि एलसी खोल्न कडाइ गर्नासाथ कपडा व्यापारी भगतको कारोबारले थप तीव्रता लिएको बताइन्छ । कपडा व्यापारी भगत भन्सार सेटिङमा कपडाको कारोबारीमा चर्चित बनेका छन् । भगतले सिजनअनुसारका कपडाको व्यापारदेखि देशभरि नै कपडाको ढुवानीको समेत जिम्मेवारी लिएर अवैध बाटो हुँदै नेपाल भित्रिएका कपडा व्यावसायिक प्रतिष्ठानसम्म पु-याउने कार्यमा संलग्न छन् । यी कारोबारी भन्सार एजेन्टको परीक्षामा पास भएपछि भन्सार विभागले कस्तो परीक्षा लियो भन्दै स्वयम् भन्सार एजेन्टले नै प्रश्न समेत गर्न थालेका छन । व्यापारी भगत बेला–बेला राजस्व अनुसन्धानको दायरामा समेत पर्नेगरेको जानकारी पनि भन्सार एजेन्टहरूले दिएका छन् ।
विराटनगर, झापा, इटहरी, धरानसम्मका व्यापारीको कपडामा समेत व्यवसायी भगतले नै पकड जमाएका छन् । भगतले विराटनगरका सबैजसो व्यापारीको कपडा ठेक्कामा लिएर आयात गर्दै आएका छन् । व्यवसायी भगतलाई राजस्व छलीमा प्रहरीदेखि राजस्व अनुसन्धान समेतले पटक–पटक कारबाही गर्दै आएको छ । तर पनि भगतले उन्मुक्ति पाउँदै आएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ केजी १०१ ग्राम कोकिन सहित एक महिला पक्राउ
- सिरियामा २७ प्रतिशत जनसंख्या ‘चरम गरिबी’मा
- गुजरातमा आगलागीमा परी २० जनाको मृत्य
- युक्रेनलाई साढे २७ करोड डलर सहयोग गर्ने अमेरिकाको घोषणा
- टेलिकमको कपर प्रविधिबाट सञ्चालित सेवा एफटीटीएच नेटवर्कमा स्तरोन्नति
- नयाँ बानेश्वरमा टीभीएसको नयाँ सोरुम
- २१ सय नौं बिन्दुमा खुम्चियो सेयर बजार
- औद्योगिक क्षेत्रका प्राविधिकलाई ऊर्जा दक्षतासम्बन्धी तालिम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया