भीसीटीएस नगरी सामान ढुवानी गर्ने व्यवसायी राजस्वको कारबाहीमा
विराटनगर । सरकारले वैदेशिक मुद्राको सञ्चितिलाई मध्यनजर गर्दै पछिल्लो समय एलसी खोल्न कडाइ गरेपछि राजस्व चुहावटमा व्यापक वृद्धि हुन थालेको छ । राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीले व्यावसायिक मालसामान ढुवानी गर्दा अनिवार्यरूपमा गर्नुपर्ने भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस)मा प्रविष्ट नगरी मालसामान ढुवानी गर्ने क्रम तीव्र हुन थालेपछि यहाँका विभिन्न व्यापारिक फर्मलाई कारबाही समेत सुरु गरेको छ ।
राजस्व कार्यालय सुनसरीले त्यस्ता व्यावसायिक फर्मलाई कारबाही गरी चालू आर्थिक वर्षको असार ५ गतेभित्रमा करिव ७७ लाख १४ हजार रुपैयाँ राजस्व समेत संकलन गरेको छ । कार्यालयले ट्र्याकिङ गर्दा धेरै कम्पनीहरूले भीसीटीएस नगरी मालसामान ढुवानी गरेको पाइएको थियो । सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालनमा रहेका धेरैजसो व्यावसायिक फर्मबाट अत्यधिक मात्रामा भीसीटीएस उल्लंघन गरेको पाइएपछि कार्यालयले चेकजाँचमा सक्रियता बढाएको छ । अनुसन्धानको कारबाहीमा पर्ने सबैभन्दा धेरै मोरङका व्यावसायिक फर्म रहेका छन् ।
सरकारले २०७६ सालदेखि नै भीसीटीएस प्रणाली लागू गरेर प्रयोगमा ल्याएको भए पनि व्यावसायिक प्रतिष्ठानको हेपाहा प्रवृत्तिका कारण भीसीटीएस प्रणाली लागू गर्न समस्या परेको छ । राजस्व अनुसन्धानले अहिलेसम्ममा कारबाही गरेका विराटनगरका व्यावसायिक फर्महरूमा अलि ट्रेडर्स सेन्टर विराटनगर, शिवमोटर पाट्र्स विराटनगर, आर्य इम्पेक्स विराटनगर, इन्द्रेणी सप्लायर्स सुन्दरहरैचा मोरङ, स्वस्तिक आयल इन्डस्ट्रिज प्रालि सुनसरी, फाइनल सोलुसन प्रालि उर्लाबारी मोरङ, श्री नवदुर्गा इन्टरप्राइजेज विराटनगर, साह हार्डवेयर सप्लायर्स विराटनगर र महालक्ष्मी केवल विराटनगर रहेका छन् ।
राजस्व चुहावट गर्ने फर्महरूलाई कानुनअनुसार कारबाही गर्दै आएको राजस्व कार्यालयले बताएको छ । मालवाहक सवारीसाधन नियन्त्रणमा लिनेदेखि दण्ड जरिवाना समेत गर्दै आएको कार्यालयका अधिकारीहरूले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया