भारतीय बजेटको प्रभाव मूल्यांकन गरी उद्योग व्यवसायलाई प्रतिस्पर्धी हुने वातावरण सृजना गर्न माग
काठमाडौं, फागुन ८
नेपाल उद्योग परिसंघले भारतीय बजेटको प्रभाव मूल्यांकन गरी उद्योग व्यवसायलाई प्रतिस्पर्धी हुने वातावरणको सृजना गर्न सरकारसँग माग गरेको छ । अर्थतन्त्र तथा उद्योग व्यवसायमा देखिएका समस्याबारे नवनियुक्त अर्थसचिव शिशिरकुमार ढुंगानासँग छलफल गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले चीनमा देखा परेको कोभिड १९ भाइरसका कारण उत्पन्न परिस्थितिले कच्चा पदार्थ तथा तयारी वस्तुको आयातनिर्यात तथा पर्यटन उद्योगमा पर्न गएको नकारात्मक असरलाई नियाल्नुपर्ने अवस्था आएको बताए ।
यसैगरी निर्यात प्रवर्द्धन तथा आयात प्रतिस्थापनमा भइरहेका सुधारको स्वागत गर्दै उनले निर्यातका लागि थप प्रोत्साहन आवश्यक भएकोतर्फ पनि ध्यानाकर्षण गराए । छलफलमा अर्थ सचिव शिशिरकुमार ढुंगानाले भारतको नयाँ बजेटको नेपाली अर्थतन्त्रमा पर्ने प्रभाव मूल्यांकन गर्न अध्ययन समितिले काम पूरा गर्न लागेको र त्यसले दिने सुझावलाई कार्यान्वयन गर्न जानकारी दिए । यसैगरी चीनमा देखा परेको कोभिड १९ भाइरसका कारण उद्योग, व्यापार तथा सेवा क्षेत्र र विकासका काममा परेको असर कम गर्ने उपायमाथि छलफल भइरहेको बताए । आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन तथा रोजगारी सृजना गर्ने उद्योगका लागि थप सहुलियत दिने विषयमा नीतिगत सुधारका लागि अन्तर्मन्त्रालय समन्वयको काम भइरहको जानकारी दिए ।
परिसंघले अघि सारेका विषयलाई प्राथमिकतामा राखी यथाशक्य सम्बोधन गर्ने पनि अर्थ सचिव ढुंगानाले विश्वास दिलाए । अर्थ मन्त्रालयमा बुधबार नवनियुक्त अर्थ सचिव शिशिरकुमार ढुंगानालाई बधाई तथा शुभकामना दिँदै परिसंघको प्रतिनिधिमण्डलले उनको कार्यकालमा समग्र अर्थतन्त्र र निजी क्षेत्रको विकास तथा प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ । सो छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरसहित परिसंघका पदाधिकारीहरु, गभर्निङ्ग काउन्सिल तथा राष्ट्रिय परिषद्का सदस्य उद्योगी व्यवसायीहरुको उपस्थिति थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया