सर्वोत्कृष्ट खेलाडीलाई ग्लोबल आईएमई बैंकद्वारा पुरस्कार प्रायोजन
काठमाण्डौं,फागुन ८
ग्लोबल आईएमई बैंकले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघद्वारा आयोजित स्र्पोट्स अवार्ड २०७५ मा सर्वोकृष्ट हुने पुरुष र महिला खेलाडीलाई प्रदान गरिने नगद पुरस्कार प्रायोजन गरेको छ । पुरुषतर्फ सर्वोकृष्ट हुनुभएका प्याराग्लाइडिङका विमल अधिकारी र महिलातर्फ सर्वोकृष्ट हुनुभएका तेकवान्डोकी निमा गुरुङलाई यस बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले जनही एक लाख रूपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नेपाली खेलकुदको विकाश र विस्तारको लागि निरन्तररूपमा खटेर काम गर्ने संघसंस्था, व्यक्तित्वहरूलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूको मनोबल बढाउने उद्देश्यले विगत १३ वर्षदेखि निरन्तर स्र्पोट्स अवार्ड प्रदान गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै १४औं एनएनआईपीए स्र्पोट्स अवार्ड फागुुन छ गते वसन्तपुरको डबलीमा आयोजना गरिएको थियो ।
कर्पोरेट क्षेत्रको प्रत्यक्ष सहभागिताले खेलाडीको मनोबल बढाई समग्र खेल क्षेत्रकै विकासमा महत्वपूर्ण योगदान पुग्नसक्ने कुरालाई दृष्टिगत गरी बैंकले खेलाडीहरूलाई प्रदान गरिने विभिन्न पुरस्कारहरूमा प्रायोजन गर्दै आइरहेको छ । बैंकको खेलप्रतिको यस सहयोगले खेलाडीहरूमा हौसला प्रदान भई समग्र नेपाली खेल क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- निर्जीवन बीमा कम्पनीका २२ लाख ६२ हजार बीमालेख जारी
- निर्माण क्षेत्र थप धरासायी
- भावी सेनापति सिग्देलको दोहोरो नागरिकता छानबिन गर्न माग गर्दै गृहमा उजुरी
- महासंघद्वारा क्षत्रपाटीमा पत्रकार रिजालमाथि आक्रमणको प्रयास गर्नेविरुद्ध कारबाहीको माग
- ‘हिमाललाई पीडा’ दिइएको भन्दै सर्वोच्च अदालतद्वारा जारी आदेशका तीन खास कुरा
- गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
- आइसिसी टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा
- देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया