कञ्चनपुरको शुक्लाफाँटा निकुञ्जमा पर्यटन महोत्सव
कञ्चनपुर, फागुन ११
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा शुक्लाफाँटा पर्यटन महोत्सव २०७६ सुरु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटकीय प्रवद्र्धन र प्रचारप्रसार गर्ने उद्देश्यले भीमदत्त नगरपालिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको संयुक्त आयोजनामा शुक्रबारदेखि फागुन १९ गतेसम्म तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरिएको छ ।
महोत्सवको उद्घाटन शुक्रबार एक कार्यक्रमका बीच कञ्चनपुर क्षेत्र नम्बर ३ ‘ख’ का प्रदेश सांसद मान बहादुर सुनार र भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले गरे । कार्यक्रममा प्रदेश सांसद मान बहादुर सुनारले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई चितवन राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जको स्तरसम्म पु-याउन आफूले सक्दो प्रयास पहल कदम चाल्ने बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आयोजित मेलामा करिब पाँच हजार पर्यटकले अवलोकन गर्ने र करिब साढे सात करोडको कारोबार गर्ने अनुमान गरेको छ ।
मेलामा भीमदत्त नगरपालिकाले पाँच लाख र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले दुई लाख ५० हजार लगानी गर्ने बताएको छ । यस्तै मझगाउँस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मूल गेटमा रहेको चोकमा बाह्रसिङ्गेको मूर्ति अनावरण गर्दै उक्त चोकको नाम बाह्रसिङ्गे चोक नामकरण समेत गरिएको छ । सुदूरपश्चिम प्रदेशको मुख्य पर्यटकीय क्षेत्रका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई सहयोग पु-याउनुका साथै भिजिट वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले महोत्सवको तेस्रो संकरणको शुक्लाफाँटा महोत्सव आयोजना गरिएको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले बताए ।
भीमदत्त नगर पर्यटन विकास समितिका उपाध्यक्ष कर्ण बहादुर चन्दले यस वर्ष अन्य वर्षभन्दा पृथक् ढंगले महोत्सव आयोजना गरिएको बताए । यस वर्ष पाँच हजार पर्यटकलाई शुक्लाफाँटा निकुञ्ज घुमाउने लक्ष्य राखेको आयोजकले बताएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया