मेरिगोल्ड ओभरसिज प्रालिविरुद्ध मुद्दा दायर
काठमाडौं । वैदेशिक रोजगार विभागले मेरिगोल्ड ओभरसिज प्रालिविरुद्ध मुद्दा दायर गरेको छ । विभागबाट इजाजतपत्र लिई सञ्चालनमा रहेको मेरिगोल्ड ओभरसिजका सञ्चालक र कर्मचारीविरुद्ध ठगी आरोपमा वैदेशिक रोजगार न्यायाधिकरण बबरमहलमा मुद्दा दायर गरिएको हो ।
संस्थाका सञ्चालक र कर्मचारीले रोजगारीको लागि युक्रेनलगायतका देशमा पठाइदिने भन्दै ३८ जनाबाट एक करोड ८६ लाख १५ हजार दुई सय रकम लिई रोजगारीमा नपठाई ठगी गरेको उजुरी विभागमा आएकाले उक्त उजुरीका आधारमा न्यायाधिकरणमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । विभागले अनुसन्धान गर्दा संस्थाका सञ्चालक रविन्द्र कुमार श्रेष्ठ, भावनी प्रसाद कोइराला, याम बहादुर कार्की र कर्मचारी अमिर थुलुङ्गेले वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ बमोजिमको र गणेश प्रसाद मैनाली, सुरज कार्की र दिपेश गुप्ताले ऐनको दफा ४३ बमोजिम कसुर गरेको पुष्टि भएको छ । उनीहरूले ठगी गरेको ३८ जनाबाट एक करोड ८६ लाख १५ हजार दुई सयको ५० प्रतिशतले हुनआउने हर्जना क्षतिपूर्तिबापतको ९३ लाख सात हजार छ सय समेत गरी दुई करोड ७९ लाख २२ हजार आठ सय पीडितहरूलाई दिलाउने गरी निवेदन दिइएको विभागले जानकारी दिएको छ ।
मेरिगोल्ड ओभरसिज प्रालिविरुद्ध विदेशिक रोजगार ऐन २०६४ को दफा ४४ र ४३ अनुसार कैद सजाय वा संस्था खारेजी हुने प्रावधानअनुसार कारबाही गरिने विभागले जनाएको छ । विभागले यो आर्थिक वर्षमा चारवटा संस्थाविरुद्ध ठगी मुद्दा दायर गरेको विभागका निर्देशक एवं सूचना अधिकारी कृष्ण प्रसाद भुसालले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया