सहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ हुने
काठमाडौं । चौथो सहारा एप सगरमाथा म्युजिक अवार्ड २०७९ हुने भएको छ । ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको चौथो संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक संस्थाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
अवार्डको तीन संस्करण भव्यरुपमा सम्पन्न भइसकेको छ । अर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डमा राइड सेयरिङमा लोकप्रिय रहेको सहारा एपले टाइटल स्पोन्सर गरेको छ भने ज्योति विकास बैंक प्रस्तुतकर्ताको रुपमा रहेको छ । साहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ मा २०७८ वैशाखदेखि २०७८ चैतसम्म बजारमा आएका गीत संगीतले सहभागिता जनाउन सक्ने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए ।
जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अवार्ड संयोजक मनोज थापाले जानकारी दिए । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूलनाराको साथ हुनलागेको ज्योति विकास बैंकको प्रस्तुति सहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ मा राष्ट्रिय, चलचित्र, आधुनिक, लोकदोहोरी र पप विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुनसक्ने कार्यक्रम निर्देशक कुशल खत्रीले जानकारी दिए ।
सहारा एप चौथो सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ । गीत संगीतको क्षेत्रमा विशिष्ट योगदान पु-याउने संंगीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
- उद्योग व्यवसाय फस्टाउन सकेमात्र श्रमिक अधिकार स्थापित हुन्छ
- लेखापालहरुका किसिम किसिमका नियम !
- बालबालिकाका लागि वैशाख ३१ मा ‘बृहत खोज र खोप अभियान’
- श्रमिक दिवस: हरवाचरवालगायत कृषि मजदुरका समस्या समाधानका लागि आग्रह
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया