सामाजिक सञ्जालमार्फत विदेश पठाउने नाममा लाखौं ठगी
मासिक लाख कमाउने आश्वासन दिएको सदस्यहरुमार्फत नै लाखौं ठगी
काठमाडौं । सामाजिक सञ्जालमार्फत विज्ञापन गरी भूतपूर्व नेपाली सेनाहरुको करोड बढी ठगी भएको छ । ठगी समूहका मुख्य योजनाकार जय बहादुर बि.कले संयुक्त अरब इमिरेट्स (यूएई)मा पठाउने भन्दै २१ जना भूतपूर्व सैनिकमार्फत ७६ लाख ९० हजार रुपैयाँ ठगी गरेको वैदेशिक रोजगार न्यायाधिकरणले जनाएको छ । उक्त ठगी रकम र सो रकमको ५० प्रतिशत हर्जना रकम ठगी गर्ने सूमहमार्फत प्राप्त गरिदिन आग्रह गर्दै पीडितहरुले उजुरी दिएका छन् । पीडितहरुले विदेश जान दिएको रकम र सोको हर्जना ५० प्रतिशतले हुने हर्जना ३८ लाख ४५ हजार रुपैयाँ गरी एक करोड १५ लाख ३५ हजार रुपैयाँ बिगो माग गर्दै वैदेशिक रोजगार विभागसमक्ष उजुरी दिएका हुन् ।
उजुरी दिनेमा ओम प्रकाश उप्रेती, एलिजा शाह, गंगाराम गिरी, तिलक राई, निशान्त स्याङतान, प्रविन राई, ज्ञान बहादुर हमाल, वीर बहादुर शाही, बल बहादुर शाही, दिपेन सांवा, प्रेम बहादुर हमाल, सुनिल वि.क, रवि वि.क, बालकृष्ण घर्ती मगर, पूर्ण बहादुर क्षेत्री, दुर्गा प्रसाद चौहान, डिलराज डौलिया, महेन्द्र बहादुर कुमार, गुरुराज चौधरी र गणेश बहादुर कुमाल रहेका छन् । यस्तै, ठगी समूहमा जय वि.कका साथै प्रदिप तामाङ, सुरज गजुरेल र कमल विश्वकर्मा रहेका छन् । जो गंगबुमा रहेको ‘द रोयल गोर्खा ओभरसिज प्रा.लि’मार्फत विदेश पठाउने भन्दै विकको आदेशमा ठगीका काम गर्थे । दुबई पठाउने भन्दै लाखौँ रकम लिएका बिकले दुबई पठाई सम्झौताबमोजिम काममा नलगाई अलपत्र पारी ठगी गरेको पीडितहरुको भनाइ छ । यसरी ठगी गरेसँगै असार ५ गते उनीहरुले वैदेशिक रोजगार विभागमा पुगी उजुरी दिएका थिए ।
विदेशमा राम्रो कमाइको प्रलोभनमा पारी विक समूहले ठगी गरेको वैदेशिक रोजगार विभागले जनाएको छ । यूएईमा सुरक्षा गार्डको काम गर्दा खान बस्न पैसा नलाग्ने, मासिक कमाइ तीन हजार पाँच सय दिरामा (आजको विनिमय दरअनुरुप एक लाख १९ हजार रुपैयाँ) हुने तथा खर्च प्रतिव्यक्ति आठ लाख रुपैयाँ लाग्ने बिक समूहले प्रस्ताव राखेका छन् । यूएई पुगेपछि यूएईको अन्तर्राष्ट्रिय विमानस्थलबाट लिएर बरदुवई भन्ने ठाँउमा राखेको र केही दिनपछि जय वि.क सोही ठाउँमा आई प्रत्येक व्यक्तिबाट दुई सय ५० अमेरिकी डलर लिएर गएका थिए । सो रकम लिएपछि केही दिनपछि तपाईंहरुको अन्तर्वार्ता छ भनेका विकले ७ महिनासम्म विविध प्रलोभन देखाएर पीडितहरुलाई राखेका थिए । दुबईमा बस्ने एजेन्ट जय वि.क सम्र्पकविहीन भएकोले पीडितहरु स्वयं आफ्नो खर्चमा स्वदेश फर्केका थिए ।
उनीहरुले वैदेशिक रोजगार ऐन २०६४ को दफा ४३ बमोजिम हदैसम्म कैद र जरिवाना माग गर्दै वैदेशिक रोजगार विभागमा किटानी जाहेरी दिएका हुन् । न्यायाधिकरणले वैदेशिक रोजगार विभागबाट अनुसन्धान भई निर्णयार्थ प्राप्त मिसिल हेर्दा प्रतिवादीहरु प्रदिप तामाङ, सुरज गजुरेल, जय बहादुर बि.क र कमल बिश्वकर्माले २१ जना सैनिकहरुलाई दुबई सहरमा सुरक्षा गार्ड र विशिष्ट व्यक्तिहरुको सुरक्षा गार्डको काममा पठाइदिने भन्दै पीडितहरुमार्फत रकम लिएका हुन् ।
ठगीमा कार्यमा संलग्न प्रदिप तामाङले पीडितहरुलाई मेनपावरमा आँउदा सीमित व्यक्तिहरुलाई चिनजान भएको र विदेश पठाउने नाममा पटक–पटक रकम संकलन गरेर कार्यालयको रसिद काटी दिएको बताएका छन् । निजहरुबाट लिएको रकम जय बहादुर विश्वकर्माको नामको माछापुच्छ्रे बैंकमा जम्मा गरी दिएको हुँ । उक्त रकम निजै जय विश्वकर्मा र कलम विश्वकर्मालाई थाहा हुनुपर्छ भनी उनले बयानमा भनेका छन् ।
पीडितहरुलाई ‘द रोयल गोर्खा ओभरसिज प्रा.लि’को एनएमबी बैंकको खाता नम्बर ०२३०९४३९४१६०००१२, प्रदिप तामाङको एनआईसी एसिया बैंकको खाता नम्बर ०१९५७५०८५५१३१००१, जय बहादुर वि.कको माछापुच्छे« बैंकको खाता नम्बर २२२५२४७०९३६४०१३ मा रकम जम्मा गरिदएका थिए । यस्तै, उनीहरुले कल्पना ढ्ुंगाना, मिना देवी पाण्ड र हरिशरण गिरीलाई रकम आईएमई गरेका छन् । उनीहरु रकम जम्मा गरिदिएका भौचरहरु न्यायाधिकरणसमक्ष पेश गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया