डिलरहरुद्वारा मंगलम् इन्डस्ट्रिजको फ्याक्ट्री भ्रमण
काठमाडौं । पाइप तथा फिटिङ्स उत्पादक र निर्यातकर्ता कम्पनी मंगलम् इन्डस्ट्रिजका काठमाडौंस्थित डिलरहरुले रुपन्देहीको ढक्दैस्थित फ्याक्ट्रीको अवलोकन गरेका छन् । उनीहरुले यही १३ गते शुक्रबार फ्याक्ट्रीको अवलोकन गरेका थिए । यस्तै गरी असार १८ गते पोखरा र चितवनका डिलरहरुले पनि फ्याक्ट्री अवलोकन गरेको कम्पनीले जनाएको छ ।
उद्योगमा भएका अत्याधुनिक उपकरणहरु र उत्पादन प्रक्रियाबारे प्रत्यक्ष अनुभव दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको मंगलम् पाइप्सले जनाएको छ । उक्त अवलोकन भ्रमणमा मंगलम् पाइप्सका प्रबन्धनिर्देशक अभिनव चुरिवाल, प्रबन्धक प्रदीप शुक्ला र गुणस्तर विभाग प्रमुख वीरेन्द्र मौर्यलगायत उपस्थित डिलरहरुको सहभागिता रहेको थियो । उक्त अवलोकन भ्रमण लुम्बिनीको पवन प्यालेसमा एक अन्तर्क्रियात्मक कार्यक्रमको साथ समापन गरिएको थियो ।
कम्पनीका प्रबन्धनिर्देशक अभिनव चुरिवालले अवलोकन कार्यक्रम आयोजना गर्न पाउँदा अत्यन्तै उत्साहित भएको बताए । उपभोक्ताहरुको आवश्यकता र रोजाइ बुझ्ने पहिलो माध्यम नै कम्पनीका डिलरहरु रहेको र उनीहरुको सक्रिय सहभागिताले कम्पनीलाई भविष्यमा पनि यस्तो कार्यक्रम आयोजना गर्न हौसला मिलेको बताए । साथै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु आयोजना गर्दै जाने उनको भनाइ थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया