बैतेश्वर गाउँपालिकाको आन्तरिक स्रोतको आम्दानी एक करोड ४० लाख
दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिकाको राजस्व संकलन सन्तोषजनक रहेकोे पाइएको छ । गाउँपालिकाले गत आर्थिक वर्षमा लक्ष्यअनुसारकै राजस्व संकलन भएको जनाएको छ ।
पालिकाले गत आर्थिक वर्ष २०७८/०७९ मा एक करोड ४० लाख १७ हजार दुई सय ५७ रूपैयाँ राजस्व संकलन गरेको छ । पालिकाले आन्तरिक स्रोतअन्तर्गत विभिन्न आठवटा स्रोतबाट उक्त रकम आम्दानी गरेको बैतेश्वर गाउँपालिका लेखापाल गोबिन्द बुढाथोकीले जानकारी दिए । पालिकाले घरबहाल करअन्तर्गत एक लाख २४ हजार दुई सय रूपैयाँ, मालपोत कार्यालयमार्फत ४२ लाख ९३ हजार चार सय नौ रूपैयाँ, नक्सापास दस्तुरअन्तर्गत ९६ हजार एक सय ३३ रूपैयाँ आम्दानी गरेको छ भने अन्य दस्तुरअन्तर्गत ३९ लाख छ हजार चार सय ८० रूपैयाँ आम्दानी गरेको हो ।
त्यस्तै व्यवसाय रजिस्ट्रेसन दस्तुरमार्फत पाँच लाख २४ हजार पाँच सय ३८ रूपैयाँ, प्रशासनिक दण्ड, जरिवाना र जफतअन्तर्गत चार लाख ८० हजार रूपैयाँ राजस्व जम्मा गरेको छ । त्यस्तै ढुंगागिट्टी बालुवा बिक्रीमार्फत ४३ लाख ४५ हजार सात सय ९५ रूपैयाँ र सिफारिस दस्तुरअन्तर्गत दुई लाख ४६ हजार सात सय रूपैयाँ आम्दानी गर्न सफल भएको हो । गाउँपालिकाका निमित्त प्रशासन अधिकृत रबिन्द्र चौलागाईंका अनुसार पालिकाभित्रका आठवटा वडा र पालिकाको कार्यालयबाट ४६ लाख ७४ हजार चार सय १० रूपैयाँ आन्तरिक आम्दानी भएको छ ।
वडाहरूमा सबैभन्दा बढी राजस्व संकलन गर्ने वडा वडा नम्बर–३ मिर्गे बनेको छ । यस वडामा १० लाख ४७ हजार सात सय २५ रूपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै सबैभन्दा कम राजस्व जम्मा गर्ने वडा भने वडा नम्बर–७ मार्बु रहेको छ । यस वडाले एक लाख ५५ हजार ९५३ रूपैयाँ मात्रै राजस्व संकलन गरेको हो । त्यस्तै वडा नम्बर–१ ले तीन लाख २९ हजार एक सय २७ रूपैयाँ, वडा नम्बर–२ ले चार लाख चार हजार चार सय ५७ रूपैयाँ, वडा नम्बर–४ ले पाँच लाख ८९ हजार सात सय ९१ रूपैयाँ राजस्व संकलन गरेको अधिकृत चौलागाईंले बताए । त्यस्तै वडा नम्बर–५ ले चार लाख १९ हजार छ सय ३५ रूपैयाँ, वडा नम्बर–६ ले तीन लाख ३९ हजार दुई सय ९५ रूपैयाँ र वडा नम्बर–८ ले तीन लाख ७१ हजार आठ सय ७९ रूपैयाँ राजस्व संकलन गरेका छन् । यस्तै गाउँपालिकाको मुख्य कार्यालयबाट १० लाख १६ हजार पाँच सय ४६ रूपैयाँ राजस्व संकलन भएको गाउँपालिकाले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया